पोखरा, २ साउन ।
नेपाल ईन्जिनियर्स एसोसिएसन गण्डकी प्रदेश समितिको सप्ताह व्यापी कार्यक्रम अन्तर्गत भएको खुल्ला रक्तदान कार्यक्रममा ४६ युनिट रगत संकलन भएको छ । एसोसिएसन गण्डकी प्रदेशका सभापति बृजेन्द्र केसीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न कार्यालय तथा एसोसिएसनमा आवद्ध ईन्जिनियरहरुको उपस्थिति रहेको रक्तदान कार्यक्रम संयोजक राजीव सुवेदीले जानकारी दिए । रक्त सञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको कार्यक्रम उर्जा तथा खानेपानी मन्त्रालय परिसरमा भएको थियो ।
भोली आर्थात साउन ३ गतेका दिन ईन्जिनियर डेको अवसरमा सम्ताह व्यापी कार्यक्रम सम्पन्न गर्ने तयारी भइरहेको छ । इन्जिनियर दिवस मनाउन मंगलबार विभिन्न कार्यक्रमको तयारी समेत भएको सभापति केसीले जानकारी दिएका छन ।