पोखरा, २ साउन ।
नेपाल इन्जिनियर्स एसोसिएसन गण्डकी प्रदेश समितिको सप्ताह व्यापी कार्यक्रम अन्तर्गत फुटसल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कृयटिभ कन्स्ट्रक्सनले २५ हजार नगदसहित उपाधि चुम्न सफल भएको हो । अग्निदेबि कन्स्ट्रकसनलाई ३-१ को फराकिलो गोल अन्तरले प्रतियोगितमा उपाधि चुमेको हो । अग्निदेबि कन्स्ट्रकसन उपविजेता बन्दै १५ हजार नगद, ट्रफि, प्रमाणपत्र तथा मेडल प्राप्त गरेको छ ।
कार्यक्रममा ने.इ.ए पोखरा च्यापटरका पुर्व सभापति ई.रमेश बास्तोला, पुर्व उप-सभापति ई.राजेश भट्टराई, सिडेन सभापति ई. सुरेन्द्र पान्डे, उप-सभापति ई. खेमराज कोइराला, पुर्व सदस्य ई.अनुज शेरचन समाजवादी इन्जिनियरिङ एसोसिएसन नेपाल गण्डकी प्रदेश अध्यक्ष इ.दीपक सुवेदी, सेकोन कोषाध्यक्ष इ. कौशल चन्द्र जिसी, सिडेन गण्डकी प्रदेश सहसचिव इ.पारस रेग्मी, कोषाध्यक्ष इ.अबित केसी, सिडेन कास्की सभापति इ.सिरस कुमार बास्तोला, गोरखा सभापति इ.सुमन गिरी लगायतले कार्यक्रमले भाईचारा सम्वन्धम उचाई थपेको बताएका थिए ।
कार्यक्रम संचालन ने.इ.ए सचिव ई.अन्जन थापाले गरेको सभामा गण्डकी सभापती बृजेन्द्र केसीले ईन्जिनियरहरुको पेशागत मर्यादालाई कायम राख्न यस्ता रचनात्मक कार्यको निरन्तरता दिनु पर्ने बताए । कार्यक्रम संयोजक हेमप्रसाद गुरुङले स्वागत गर्दै सहभागी खेलाडिको टिमलाई धन्यवाद दिएका थिए । फुटसल प्रतियोगितामा मेन अफ द म्याच- इ.अतिस गुरुङ बनेका थिए ।