पोखरा, १ साउन ।
पोखरा महानगरपालिका वडा न ११ स्थित फूलवारी क्लबले वडा न ११ लाई दुर्गन्ध रहित वडा बनाउने उद्देश्य सहित सरसफाइ अभियानको सुरुवात गरेको छ । सरसफाइ अभियानको पहिलो चरणमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको पछाडी पट्टीको भागमा सरसफाइ गरिएको थियो । सरसफाइ अभियानमा फूलवारी क्लबका पदाधिकारीका साथै फूलबारी क्लबसँग आवद्व युवाहरु, फूलवारी मेन डोजो कराते शाखा, पोखरा महानगर पालिका वडा न ११ का निवर्तमान वडा अध्यक्ष मोहनप्रसाद वास्तोला, फूलवारी पार्क संरक्षण उपसमिति संयोजक हरिप्रसाद वास्तोला, वडा न ११ का वडा सदस्य एवं कार्यवाहक वडा अध्यक्ष सुशील वास्तोला, स्थानीय अंशु शेर्पा, अर्जुन परियार लगायतको सक्रिय सहभागिता रहेको थियो । क्लबले सरसफाई अभियानमा विभिन्न क्षेत्रमा गर्ने फूलबारी क्लबका अध्यक्ष हरिश्चन्द्र बास्तोलाले जानकारी दिए ।