ई. विमला पिया (श्रेष्ठ)
नेपाल एक भौगोलिक विविधता भएको देश हो, जहाँ अधिकांश भाग जटिल हिमाली र पहाडी क्षेत्रले ओगटेको छ । यस परिपेक्षमा पूर्वाधार बिकास (सडक, जल विद्युत उत्पादन, खानेपानी, सिंचाई आदि) को लागि अपरिहार्य मानिएको चट्टान तथा सुरुङ्ग सम्बन्धि शैक्षिक जनशक्ति उत्पादन गर्ने हेतुले त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमान्चल क्याम्पसमा स्नातकोत्तर तहमा चट्टान तथा सुरुङ्ग इन्जिनियरिङ -M.Sc. in Rock and Tunnel Engineering_कार्यक्रम इ.स. २०२० बाट शुरु भएको सर्बविदितै छ, यस कार्यक्रमलाई प्रबद्र्धन गर्नको लागि नर्वे स्थित Norwegian Institute of Science and Technology (NTNU) ले शुरुवातदेखि नै NORHED – II परियोजना मार्फत विशेष योगदान दिदै आईरहेको छ । चट्टान तथा सुरुङ्गको डिजाईन, निर्माण विधि तथा समस्या सम्बन्धि अध्ययन गर्ने सिलसिलामा
Student Visit Program अन्र्तगत १२ जुन देखि २२ जुन २०२२ सम्मको दश दिने भ्रमण कार्यक्रम सम्पन्न भएको छ ।
यस अध्ययन भ्रमणमा इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमान्चल क्याम्पसको M.Sc. in Rock and Tunnel Engineering कार्यक्रममा अध्ययनरत हामी विद्यार्थीहरु सहभागी भएकोमा इन्जिनियरिङ अध्ययन संस्थानका डिन प्रा. डा. शशिधरराम जोशीले नेत्रृत्व गर्नुभएको थियो भने NORHED-II Project का Project Coordinator सह—प्राध्यापक ई. राम प्रसाद पौडेलले संयोजन गर्नु भएको थियो । मुख्यतस् भ्रमण कार्यक्रमका विभिन्न पक्षहरुलाई व्यवस्थापन गर्ने कार्य NTNU का तर्फबाट NORHED-II का Project Manager प्रा. डा. कृष्ण कान्त पन्थीले गर्नुभएको थियो ।
नेपालमा चट्टान तथा सुरुङ्ग इन्जिनियरिङ विषयमा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले संचालि NORHED – II परियोजना अन्तर्गत M.Sc. in Rock and Tunnel Engineering कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुलाई चट्टान तथा सुरुङ्ग सम्बन्धि निर्माण विधि तथा हुन सक्ने जटिलता र त्यसलाई कसरी न्युनीकरण गरि सुरुङ्गमार्ग मार्फत पूर्वाधार बिकास गर्न सकिन्छ भन्ने सन्दर्भमा स्थलगत अबलोकनको लागि यो भ्रमण तय गरिएको थियो ।
भ्रमण गर्ने क्रममा त्यँहाको प्रमुख जल विद्युत परियोजनाहरुमध्येकै Leirfossen Hydropower Project / Brattsett Hydropower Project को अबलोकन गरिएको थियो, जँहा Surge Shaft विद्युत उत्पादन कम भएको वा अचानक बन्द भएको समयमा Headrace System मा उत्पन्न हुने Surge Wave लाई कम गर्न राखिने टया्ङ्की) नराखिकन Air Cushion Cavern निर्माण गरिएको छ । सुरुङ्ग निर्माणको शुरुवातको समयदेखि आजसम्म आउँदा कस्ता कस्ता किसिमका Tools, Equipments र Techniques प्रयोग भएका थिए त्यसको विश्वकै एकमात्र सुरुङ्ग संङग्रहालय -Tunnel Museum मा संङग्रह गरेर राखिएको छ जुन नर्वेको Hunderfosson मा अबस्थित छ साथै Gjovik df Large Undergrund Multipurpose Hall Cavern -91m x61m x25m_ पनि अबलोकन गरिएको थियो, ५३०० जना दर्शक अटाउने यस हल हिउँदको समयमा Ice Hockey Olympic को लागि प्रख्यात छ ।
त्यसैगरि नर्वेको Aurland र Laerdal ठाँउ जोड्ने विश्वकै लामो सडकमार्गको सुरुङ्ग Laerdal Tunnel (लम्बाई—२४.५ कि.मी.) र समुद्रमुनि २५० मी. गहिराईमा बनेको Atlantic Undersea Tunnel – World’s Deepest Subsea Tunnel, लम्बाई — ५७३० मी.) पनि हेर्ने अबसर मिलेको थियो ।
भ्रमणकै क्रममा नर्वेको West Coast मा रहेको Kalk Mine वा ढुंगाको खानी -Open Pit Mine of White Marble and High Density Eclogite, नर्वेको आधुनिक बिकासका विभिन्न पक्षहरुलाई हेर्नुका साथै ठाँउ ठाँउमा Rock / Ice Block Fall बाट हुने सम्भावित जोखिमबाट रोक्न तारे जाली लगाइएको र Slope Failure हुनबाट बचाउन Rock Bolts प्रयोग गरिएको पाईयो । भ्रमणको अन्तिम दिनमा NTNU परिसर र त्यँहा रहेका Library, Classrooms, Laboratories अबलोकन गरिएको थियो ।
नर्वे र नेपालको भौगोलिक अबस्था लगभग समानता भएको परिवेशमा उक्त विकसित मुलूकमा प्रयोग गरिएका पूर्वाधार बिकासका निर्माण बिधि तथा प्रविधि सम्बन्धि विविध पक्षहरुलाई नेपालमा पनि सुरुङ्ग निर्माण गर्ने क्रममा प्रयोग गर्न सकिने कुरा यस भ्रमणले सिकाएको छ । सैद्धान्तिक रुपमा अध्ययन गरिएका कतिपय असम्भव लाग्ने प्राविधिक पक्षहरुलाई पनि सहज र कम खर्चिलो तवरले अबलम्वन गर्न सकिने ज्ञान हासिल गरियो । यसरी एक हजार भन्दा बढि सुरुङ्गमार्ग भएको नर्वेको भ्रमणको सिलसिलामा तीस वटा भन्दा बढि सुरुङ्गमार्गमा प्रयोग भएका Water Shielding Techniques तथा Support System को प्रत्यक्षरुपमा अबलोकन गर्न पायौं त्यसैगरि दिर्घकालीन बिकासको नीति अबलम्वन गरिरहेको नर्वे जस्तो विकसित मुलूकको आधुनिक बिकास तथा वातावरणीय अबस्थादेखि त्यँहाको प्राकृतिक सौन्दर्यलाई नजिकबाट नियाल्ने मौका पायौं ।
यस अध्ययन भ्रमणलाई सफल पार्न सहयोग गर्नुहुने इन्जिनियरिङ अध्ययन संस्थानका डिन प्रा. डा. शशिधरराम जोशी, पश्चिमान्चल क्याम्पसका क्याम्पस प्रमुख ई.निर्मल प्रसाद बराल, परियोजना संयोजक ई. राम प्रसाद पौडेल, क्याम्पस प्रशासन लगायत स्थलगत अबलोकनको लागि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्णमा कृतज्ञता ज्ञापन गर्न चाहान्छौं, विशेषगरि यस सुनौलो अबसरको लागि NTNU Team Pj+ Department of Geoscience and Petroleum sf Professor tyf NORHED_II Project Capacity Building in Higher Education within Rock and Engineering at IoE WRC, Nepal sf Project Manager Dr. Krishna Kanta Panthi सरलाई हार्दिक आभार सहित धेरै धेरै धन्यवाद !