पोखरा, ६ असार । पोखरा ५ नम्वर वडाले मापदण्ड विपरित भवन निर्माण गरेको छ । वाग्लुङ हाइवे मदनमार्गमा उक्त भवन निर्माण भइरहेको छ । स्थानीय लक्ष्मी नारायण मन्दिर रहेको क्षेत्रमा जय गुरुदेव मन्दिर निर्माण थालेसँगै विवादमासमेत आएको छ । स्थानीय कृष्णबहादुर कोइरालाको नेतृत्वमा वडाको विकास मापदण्ड भित्र रहनु पर्ने भन्दै गत वैशाख १४ गते वडामा जानकारीसमेत दिँदा वडाले पेलेर भवन निर्माण गरिरहेको चिन्ता गरे । यता लक्ष्मीनारायण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शुभद्रा कोइरालालेसमेत यसो नगर्न भने पनि वडाले पेलर काम गरिरहेको छ । तत्कालिन वडा अध्यक्ष धनबहादुर नेपालीको नेतृत्वमा काम भइरहेको स्थानीको गुनासो छ ।
आफु वडाध्यक्ष हुँदा त्यो काम हुँदैन भनेका नेपालीले आज त्यही कामलाई प्राथमिकता दिनु दुखद भएको बताउँछन स्थानीय सुभाष कोइराला । सुभाषका अनुसार धनबहादुर नेपालीसँग भएको कुरा आफुसँग रेकर्डसमेत भएको बताउँछन । हाईवे बन्दा मन्दिरले चर्चेको क्षेत्रफल घट्यो, दुवैपट्टीको बाटोले आकार घटायो, सानो आकारमा खुम्चेको लक्ष्मीनारायण मन्दिरलाई छोप्नेगरी माथि तला थपेर जयगुरुदेव मन्दिर स्थापना गर्न खोज्जु नकारात्मक भएको स्थानीयहरुको गुनासो छ । वडामा अरु विकल्प धेरै हुँदा हुँदै पनि केशव कोइरालाहरुको टोलीले दवाव दिँदा यस्तो हुन गएको स्थानीयको आरोप छ ।
यता पोखरा ५ अध्यक्ष विष्णु बरालले विगतमा भएको सम्झौता कार्यान्वयनमा जाने बताए । वडा र त्यही प्रयोजनकालागि आएको रकम त्यसैमा खर्च गरिनेमा जोड दिए । उनले घुमाउरो पारामा मापदण्डलाई छोडेर सौन्दर्यकरण गर्न लागिएको बताए । दुर्घटना न्यूनीकरण गर्ने योजनामा आफूहरु रहेको उनको भनाई थियो । मन्दिरमाथि तला थपिनु नौलो भएको स्थानीयले बताउँदै आएका छन । त्यसमा पनि तला तला सिस्टममा दुई प्रकारको मन्दिर बन्नु असहज मात्र नभई त्यो पनि मापदण्ड विपरित हुनु नकारात्मक भएको गुनासो बढेको छ । महानगरपालिकालाई जानकारी हुँदाहुदै यस किसिमको कामको खोजी गर्ने वेला आएको स्थानीय समाजसेवीहरुले गुनासो बढेको छ । पिल्लर हालेर निर्माण हुन लागेको अवस्थामा वडाले वडावासीको हित विपरित कार्यमा जोड दिनु नराम्रो काम भएको उल्लेख छ ।