पोखरा, ५ असार ।
पोखरा महानगर २५ र पोखरा १९ जोडने पुलको पिल्लर भत्किदा क्षेती भएको छ । आवत जावत रोकिँदा स्थानीय तथा सामान ओसार पसारमासमेत ठप्प भएको छ । वर्षातका कारण सेती नदीमा आएको बाढीले ट्रष्ट पुलको एकापट्टिको पिल्लरमा क्षेती पुगेको हो । सेती मर्दी दोभान भन्दा केही तल निर्माण भएको पुलको पिल्लर ढल्कदा आवतजावतमा बाधा पुगेको हो । उक्त पुल छेउमा रहेको खानेपानीको २० इन्चि र १६ इन्चको पाईपमा क्षेति पुग्ने खतरा बढेको छ ।
पुलको माथिल्लो भागबाट आएको खानेपानी पाईपलाई खतरा बढेको नेपाल खानेपानी संस्थान पोखरा शाखाले जनाएको छ । संस्थानका इन्जिनियर सन्तोषकुमार दासले पाईप लाईन जोगाउनेतर्फ तत्काल ध्यान दिन जरुरी भएको बताए । वर्षतमा खानेपानीको पाईपलाईन सधै जोखिममा पर्दै आएको छ । आइतबार राती आएको पानीको वहाव उच्च भएसँगै पुल र सँगै रहेको खानेपानीको पाईपलाईनमा जोखिम बढेको हो । विगतमा पाईपलाईन क्षति हुँदा सिंगो पोखरा महानगरमा आउने मुख्य पानीको स्रोत अवरुद्ध हुँदै आएको थियो । पोखरा महानगरमा मुख्य पानीको स्रोत मर्दी मुहान नै भएको संस्थानले जनाउँदै आएको छ ।