पोखरा, १ असार ।
पोखरा महानगरपालिका वडा नं ११ का जनप्रतिनिधि सम्मानित भएका छन । स्थानीय फूलबारी क्लबले नव निर्वाचित प्रमुख, उपप्रमुख र वडा न ११ का नवनिर्वाचित प्रतिनिधिहरुलाई सम्मान गरेको हो । क्लबले परिचयात्मक कार्यक्रम समेत गरेको छ । महानगरका नवनिर्वाचित प्रमुख धनराज आचार्यको प्रमुख आथित्यतामा भएको सभा क्लब अध्यक्ष हरिश्चन्द्र बास्तोलाको अध्यक्षतामा भएको थियो । वडा न ११ का नव निर्वाचित जन प्रतिनिधि र विशेष अथिति गण्डकी प्रदेशका मुख्य न्ययाधिवक्ता रोहितराज वास्तोलालाई सम्मान पत्र साथै निवर्तमान जनप्रतिनिधिहरुलाई ५ वर्ष सम्म वडा र वडा वासीलाई गरेको सेवाको प्रशंसा गर्दै सम्मान गरिएको क्लबका सचिव जनार्दन बास्तोलाले जानकारी दिए ।
फूलवारी क्लबले स्थापना संरक्षण गर्दै आएको फूलबारी पार्कमा सम्पन्न सभामा स्वागत मन्तव्य क्लबका उपाध्यक्ष मनोज बास्तोलाले गरेका थिए । सभामा महानगर प्रमुख धनराज आचार्यले जनतालाई महसुस हुनेगरी करको दर घटाउने, बरु करको दायरालाई बढाएर लैजाने धारणा व्यक्त गरे । उनले हरेक वडामा देखिने खालको एउटा न एउटा काम गरेरै छड्ने प्रतिवद्वता जनाए ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्य न्यायधिवक्ता रोहितराज बास्तोला, वडा न ११ का नव निवार्चित वडा अध्यक्ष प्रेमप्रसाद कर्माचार्य, वडा न ११ निवर्तमान वडा अध्यक्ष एवं फूलबारी क्लबका पूर्व अध्यक्ष मोहनप्रसाद बास्तोला, वडा न ११ का पूर्व वडा अध्यक्ष एवं फूलबारी क्लबका पूर्व अध्यक्ष माधवप्रसाद वास्तोला ‘मधु’ लगायतले पोखरा ११ लाई नमुना वडा बनाउन सवैको दायित्व थपिएको धारणा राखेका थिए ।