पोखरा, २९ जेठ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालले देशलाई चिन्न, बुझ्न र दीगो बनाएर लैजान सक्ने पार्टी नै राप्रपा नेपाल भएको बताएका छन । गण्डकी प्रदेश समितिद्वारा आयोजित जनताको माझमा राप्रपा नेपाल वर्तमानका चुनौती र विकल्प सहितको अन्तक्र्रियामा अध्यक्ष थापाले अलग पहिचान र मार्गचित्र बोकेर स्थापना भएको पार्टीले विगतका मान्यतालाई परिमार्जन गर्दै अघि वढ्ने बताए ।
देशभर चलेको अन्तरक्रियामा सफलता मिलेको बताएका थापाले संकटग्रस्त अर्थतन्त्र, सर्वसत्तावाद, धर्मपरिवर्तनको डँडेलो, राष्ट्रियता कमजोर र भ्रष्टाचारले आक्रान्त मुलुकलाई स्थिरता दिने पार्टी नै राप्रपा नेपाल भएको बताए । बाह्य शक्तिको चलखेलमा नेपाल फसेको बताउँदै सत्तामा पुग्न र टिकी राख्न गर्ने चलखेलले जनतालाई दुःख थपिएको उल्लेख गरे । सनातन धर्मलाई गाउँगाउँमा फुटाएको चर्चा गर्दै पुर्व उपप्रधानमन्त्री समेत रहेका थापाले परम्परागत संसदीय व्यवस्थामा अस्थिरता र अराजकता थपिएको उल्लेख गरे ।
गण्डकी समिति अध्यक्ष राजेन्द्रबहादुर अधिकारीको अगुवाईमा भएको अन्तरक्रियामा पोखराका बुद्धिजीवी, पर्यटन व्यवसायी, पत्रकार, विभिन्न आमा समुहका प्रतिनिधिले भाग लिएका थिए ।
हिन्दु राज्यसहित सम्बर्धनवाद, सुशासन र सम्वृद्धि कार्यनीति रहेको राप्रपा नेपालले देशमा बढेको महंगी नियन्त्रण, मानवता विरोधी गतिविधिको अन्त्य, धनी र गरिवबीचको खाडलको अन्त्य, सार्वजनिक जग्गाको दोहन रोक्न पहल, हिन्दु र बुद्ध धर्मबीच बनाएको फाटोलाई कम गर्ने लगायत विषयमा धारणा राख्दै आएको छ ।