पोखरा, २७ जेठ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको गण्डकी प्रदेशस्तरिय अन्तक्रियाको तयारी पुरा भएको छ । कमल थापाले प्रशिक्षणात्मक प्रस्तुती दिने अन्तक्र्रियाको तयारी पुरा भएको गण्डकी प्रदेश समितिका अध्यक्ष राजेन्द्रबहादुर अधिकारीले जानकारी दिए । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अधिकारीले देशको आवश्यकता राप्रपा नेपाल नै भएको बताउँदै २९ गते हुने अन्तक्र्रिया र ३० गते हुने अगुवा कार्यकर्ता भेलाबाट गण्डकी समितिको भुमिका बृहत हुने बताए ।
टिका रिसोर्टमा हुने कार्यक्रममा नागरिक समाजका अगुवा, बुद्धिजीवी, पत्रकार तथा पर्यटन व्यवसायीको उल्लेख्य सहभागिता हुने राप्रपा नेपालका अगुवा सुर्य बास्तोलाले जानकारी दिए । हिन्दु राज्यसहित सम्बर्धनवाद, सुशासन र सम्बृद्धि कार्यनीति रहेको राप्रपा नेपालले देशमा बढेको महंगी, गरिवी र कमजोर अन्तराष्ट्रिय सम्वन्धमा विरोध गर्दै आएको छ । ७७ वटा जिल्लामै संगठन निर्माण भइसकेको राप्रपा नेपालले धार्मिक, राजनीतिक, सामाजिक र आर्थिक रुपमा देशलाई सक्षम बनाउन गण्डकी प्रदेश क्रियाशील भएर लाग्ने समेत जनाएका छन ।