पाेखरा, २० जेठ ।
जिल्ला समन्वय समिति कास्कीमा लीलाधर पौडेलसहित नेकपा एमालेको प्यानल नै विजयी भएको छ । उपप्रमुखमा नेकपा एमालेकी सरिता कुमाल विजयी भएकी छन् । जिससको सदस्यहरुमा पोखरा-२१ की सीतादेवी विक, रुपाका हर्क बहादुर गुरुङ, मादीका राजु अधिकारी, अन्नपूर्णका गणेश बहादुर घर्ती र वालिका सुवेदी, माछापुच्छ्रेका लक्ष्मी दमै र शुकमाया नेपाली निर्वाचित भएका छन् ।
जिससमा निर्वाचित सबैको सपथग्रहण कार्यक्रम जिससकै सभाहलमा शनिबार बिहान ८ बजे हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले उल्लेख गरेकाे छ ।