काठमाडौं, २० जेठ ।
नेपाल खानेपानी संस्थान कर्मचारी संघको ७ औं महाधिवेशनको उद्घाटन गर्दै नेपाली कांग्रेसका सहमहामन्त्री एवं खानेपानी मन्त्री उमाकान्त चौधरीले संस्थान र कर्मचारीको हितमा मन्त्रालय केन्दीत भएर लाग्ने बताएका छन । उनले उपभोक्तालाई सेवा दिने सस्था भएकाले कर्मचारीको समस्या समाधानमा आफुले पहल कदमी लिने बताएका हुन । मन्त्री चौधरीले पानी माथि राजनीति नगर्न सवैलाई आगरह गरे । मन्त्री चौधरीले कर्मचारीको साथले नै देश बन्ने भएकाले अनुशासित, इमान्दार र कर्तव्यनिष्ट भएर सेवा गर्न सुझाव दिए । कर्मचारी संघका अध्यक्ष महेशराज भट्टराईको अध्यक्षतामा भएको सभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नृपबहादुर वड, विभागीय सचिव सुरेश आचार्य, सञ्चालक समितिका अध्यक्ष गुणाखर भुषाल, नेपाल टे्रड युनियन कांग्रेस राष्ट्रिय समितिका उपाध्यक्ष तेजेन्द्रजंग कार्की, नेपाल सार्वजनिक सेवा कर्मचारी संघका अध्यक्ष जनार्दन भट्टराई, खानेपानी संस्थानका महाप्रबन्धक इश्वर प्रसाद, खानेपानी संस्थान विरगञ्ज शाखाका कार्यालय प्रमुख निरण महर्जन लगायतले संस्थान बनाउन ढिला गर्न नहुने धारण राखेका थिए ।
संघका महाचिव केदार धमलाको सञ्चालनमा रहेको सभामा केयुकेएल कर्मचारी संघका उपाध्यक्ष केशव अधिकारी, नेपाल खानेपानी संस्थान कर्मचारी संगठनका सहसंयोजक समिर पण्डित, स्वतन्त्र कर्मचारी परिषदका अध्यक्ष भिमसेन पोखरेल, स्वतन्त्र कर्मचारी संघका अध्यक्ष झगबहादुर डाँगीले कर्मचारी एकतामा जोड दिएका थिए ।
कर्मचारी संघको अगुवाईमा २०६६ सालमा प्रकाशित विज्ञापनमाथि भएको अन्याय र अत्याचार विरुद्ध सम्मानीत सर्वोच्च अदातलबाट न्यायलाई सहजीकरण गरेकामा सञ्चालक समितिपूर्व अध्यक्ष डा. परमेश्वर पोखरेल, पदमबहादुर हमाल, यास्मिन ढुंगाना, अधिबक्ता भुपेन्द्र पोखरेल, डा.भुपेन्द्र प्रसाद, अर्जुनबाबु ढकाल, जीउलाल चौधरी, कर्मचारी संघका निवर्तमान अध्यक्ष भरतप्रसाद अधिकारी लगायतलाई अधिवेशन उदघाटन सत्रमा कदरपत्रले सम्मान गरिएको थियो । संस्थान र कर्मचारी संघसँग निकटरहि अवकास लिएका रामशरण रायमाझी, दिनेश चिमोरिया, झलक लामा, लोकबहादुर कुँवर, लक्ष्मीप्रसाद रेग्मी, मुन्नेश्वर राय, नरेन्द्रमान श्रेष्ठ, ललित श्रिनेत ठकुरी, नरेन्द तेयुङ, देवबहादुर प्रधान लगायतलाई सम्मान गरिएको कोषाध्यक्ष डम्बरी महरा (रक्षा)ले जानकारी दिइन ।
कर्मचारी संघले करारमा कार्यरत कर्मचारीको रोजगारीको ग्यारेन्टी, योगदानमा आधारित सामाजिक सुरक्षा कोष लागु, विनियम कार्यान्वयन, सरुवा नीति, मितव्ययिता, संस्थानको सम्पत्तीको जगेर्ना, खरिद महाशाखा गठन, उपभोक्ताको हितमा स्वच्छ खानेपानी वितरण, शाखामा निर्माण भइरहेको आयोजनाको कामलाई प्राथमिकता लगायत विषयमा ध्यानाकर्षणा गराईएको थियो ।
कर्मचारी संघको ७ औं महाधिवेशनबाट केदार धमला (पोखरा) अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन । देशभरका २२ वटा शाखा कार्यालयबाट आएका करिव ७० जना प्रतिनिधिको भेलाले बरिष्ठ उपाध्यक्षमा राजु वस्नेत(भद्रपुर), महिला उपाध्यक्षमा डम्बरी महरा (धनगढी), उपाध्यक्षमा सरजुन केसी(नेपालगञ्ज) र सुधिर कुमार सिंह (जनकपुर), महासचिवमा पदमहरि राई(विराटनगर), सचिवमा अजयकुमार प्रसाद(जलेश्वर) र सुरेन्द्र पाण्डेय(कलैया) निर्वाचित भएका छन् ।
संघका केन्द्रीय समितिको सदस्यमा नवराज भट्ट(महेन्द्रनगर), हरि अधिकारी(हेमजा), अनुभा अर्याल(विराटनगर), गणेश साह(मलंगवा), विनिता श्रेष्ठ(बनेपा), विरेन्द्रकुमार सिंह(विरगञ्ज), राजेश बर्मा(जनकपुर), तारिप्रसाद भट्टराई (धनगढी), प्रेमबहादर वली (नेपालगञ्ज), विमल पौडेल(बुटबल), रोशन पोखरेल(गौशाला), दयाराम सापकोटा (भैरहवा) निर्वाचित भएको निर्वाचन समितिका संयोजक त्रिदीपकुमार श्रेष्ठले जानकारी दिए ।