काठमाडौं, २० जेठ ।
नेपाल सरकारका प्रवक्ता तथा सुचना सञ्चार तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले डिजीटल भुक्तानी सरकारको प्राथमिकतामा बताएका छन । उनले सरकारले यसलाई बढावा दिदैं आएको पनि बताए ।

शुक्रबार ब्रान्डवर्थ प्रालिले काठमााडौंमा आयोजना गरेको दोस्रो चरणको फोन पे डिजिटल इकोनोमी कन्क्लेभ २०२२ लाई सम्बोधन गर्दै मन्त्री कार्कीले सरकारले दस्तावेज गर्दै नीति निर्माणमा समेत समट्ने बताए । यसका साथै यस कार्यक्रमले डिजीटल नेपाल फेर्मवर्क कार्यक्रममा समेत सघाउन पुग्ने उनको भनाई थियो । उनले भने, ॅसुचना प्रविधिको विकास विना मुलुकको विकास समेत असम्भव छ ।’

सबै नागरिकमा पहुँच पुर्‍याउन सरकारले इन्टरनेटको शुल्क घटाएको मन्त्री कार्कीको भनाइ थियो ।