पाेखरा, ३१ वैशाख ।
देशकै ठूलो महानगरपालिका पोखरामा मत गणना सुरू हुन लागेकाे छ । दलहरूबीच सहमति जुटेपछि गणना हुने भएकाे हाे । पाेखरमा महानगरमा ६० प्रतिशत मात्र खसेको छ । पोखराका २ लाख ७ हजार ७ सय १२ जना मतदाता रहेकाे बताइएको छ ।
अघिल्लो निर्वाचनमा पोखरामा १ लाख ६८ हजार मतदाता मध्ये १ लाख २५ हजार ८ सय ५३ मत खसेको थियो ।
शुक्रबार मतदान सम्पन्न भएसंगै मतपेटिका जिल्ला समन्वय समिति र नगर प«शिक्षणा केन्न्द« मा मत गणनाकाे तयारी गरिएकाे निर्वाचन कार्यालय गण्डकीका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । कास्कीमा शान्तिपूर्णरुपले निर्वाचन सम्पन्न भएको छ ।
पाेखरामा यस पटक गठवन्धनको मत गन्न अफ्ठ्यारो रहेकाले मतगणना ढिलो हुन सक्ने अनुमान गरिएकाे छ ।