विकास सुवेदी
पोखरा, २२ वैशाख ।
स्थानीय तहको निर्वाचनमा होमिएको पोखरा महानगरपालिकामा विभिन्न वहस, अन्तक्र्रिया चलेको छ । उम्मेदवारले आफ्नो पक्षमा मत दिन जनताको घरदैलोमा पुगिरहेका छन । पोखरा महानगर ३३ वटा वडा भएको ठुलो भुगोलको महानगर पनि हो । चुनावी अभियानकै क्रममा पोखरा ११ का विभिन्न पार्टीका उम्मेदवार टिमसहित स्थानीय घरदैलोमा व्यस्त बनेका छन । पोखरा ११ का उम्मेदवार मध्ये नेपाली कांगेसका तर्फबाट अध्यक्षका उम्मेदवार प्रेमप्रसाद कर्माचार्य छन । लामो समय पार्टीको विभिन्न तहमा काम गर्दै आएका कर्माचार्य स्वच्छ छवी र मिलनसार व्यक्तित्वमा चिनिएका छन । उनले पोखरा ११ लाई नमुना वडा बनाउने योजना सहित आफुसँग भएको टिमका आधारमा चुनाव जित्न नजिक नजिक पुगेको बताए । नेपाली कांगेसको तर्फबाट अर्का महिला सदस्य रनसुवा गुरुङ मैदानमा होमिएकी छिन ।
पिता पुणर्बहादुर गुरुङको दौरा समातेर हिडेकी उनी विद्यार्थी राजनीतिमा पनि सक्रिय थिइन । राजनीतिमा पिताको अनुभव र योगदानबाट पाठ सिकेकी रनसुवा कोभिडकालदेखि राष्ट्रिय परिचयपत्र बनाउने लगायत अनेकन सामाजिक सेवा र काम गरेको अनुभवले मतदाताले मत आफुलाई दिने ढुक्क बताउँछिन ।
पोखरा ११ भित्र रहेको सबै धरातललाई उच्च सम्मान र विकासमा ध्यान दिँदै काहुँ डाडालाई सिंगो पोखरा नियाल्ने टावर जस्तै भएकाले संरक्षण र विकासमा आफ्नो टिम सक्रिय भएको गुरुङकाे भनाइ छ । लामाे समय शिक्षण पेशा अंगालेकी गुरुङले इमान्दारिताका साथ काम गरे सबै काम हुने लक्ष्य बोकेको टिम भएकाले पोखरा ११ मा नेपाली कांगे्रसको टिमले चुनाव जित्ने आधार रहेकाे बताउँछिन । यस्तै पोखरा ११ दलित महिला सदस्यमा टुकुरादेवी परियार, खुल्ला सदस्यमा विष्णु प्रसाद घिमिरे र सुशील बास्तोला उम्मेदवार छन । विकास गर्ने भनेको जनचाहना अनुरुप भावनाको कदर गर्दै अघि बढने भन्ने मान्यता राख्ने कर्माचार्यको टिमले परिवर्तनलाई नजिकबाट नियाल्दै आएको जनाएको छ ।