पोखरा, २१ वैशाख ।
विश्व आस्थमा (दम) डे मंगलबार पोखरामा मनाएको छ । मे महिनाको पहिलो मंगलबार मनाउँदै आएको दम दिवस विभिन्न कार्यक्रम गर्दै पोखरामा मनाएको हो । व्यानरसहितको र्‍याली बजार परिक्रमा गर्दै नागरिकलाई सचेतना गराईको थियो ।
विश्वभर १ सय जना मध्ये १० जनामा दम रोग रहेको विश्लेषण गरिएको अवस्थामा पोखरामा पनि यस्ता समस्या रहेको छ । र्‍याली पछिको सभामा छातीरोग विशेषज्ञ डा. सिपी आचार्यले १९९८ देखि आस्थमा डे विश्वभर मनाउँदै आएको बताए । डा. आचार्यले सामान्य रुपमा मानिसले हेलचेक्राई गरेर बस्दा जटिल समस्या भएको जानकारी दिँदै धुलो, धुवा, चिसो र खानपानमा ध्यान दिनसमेत अनुरोध गरे ।
सुख्खा खोकी लागिरहने, श्वास फेर्न कठिन हुने, बारम्बार रुघा लाग्ने मानिसलाई निमोनिया, टिभी जस्ता रोग थपिने हुँदा फोक्सो बचाउन आचार्यले सचेत गराएका थिए । हरेक मानिसले स्वास्थ्यमा ध्यान दिन सक्नु पर्ने भएकाले छाती घ्यार-घ्यार हुने, श्वास फेर्न कठिन हुने भएमा नजिकको स्वास्थ्य संस्थामा चेकअप गर्नसमेत सुझाव दिए । उनले केन्दीय सरकार तथा स्थानीय सरोकार निकायले त्यसतर्फ सचेतना फैलाउने कार्यक्रम ल्याउन अनुरोध गर्दै विश्व व्यापी मनाउने आस्थमा डेलाई ध्यान दिन सक्नु पर्ने धारणा राखे ।
पोखरामा ओम अस्पताल, चरक नसिंङ क्याम्पस, ला गान्डी र मनिपाल शिक्षण अस्पतालका मेडिकल तथा नसिंङका विद्यार्थीहरुको उल्लेख्य सहभागितामा दिवस मनाइएको थियो । नृत्य तथा सांस्कृतिक कार्यक्रम गर्दै मनाएको दिवसका अवसरमा दम रोगबाट बच्ने उपाय र भोग्नु पर्ने पीडा कम गर्नलाई थप सचेतना गराईएको थियो ।
कार्यक्रममा अवसरमा करिव ७० जना मानिसलाई निशुल्क फोक्सोको परीक्षण गरिएको थियो । एलर्जी तथा बंशानुगत बाट हुने दम रोगलाई रोकथाम गर्न स्थानीय विभिन्न अस्पतालको सक्रियता रहेको थियो । र्‍यालीमा २ सय बढि सरोकार राख्ने विद्यार्थी र मेडिकल पर्सनको सहभागिता रहेको थियो । आस्थमा डेका अवसरमा निमेट, सिप्ला र गेन्डमार्फ लगायत औषधी कम्पनीले सक्रिय सहभागिता जनाएका थिए । र्‍याली पछिको नृत्यमा उत्साहपुणर् सहभागिताले थप मनोरञ्जन दिलाएको थियो ।