पोखरा, १८ वैशाख ।
नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिका उपाध्यक्ष तेजेन्द्रजंङ कार्कीले २१ औं सताब्दीमा नेपाली मजदुरलाई केन्द्रमा राखेर राज्य सञ्चालन हुनु पर्ने बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेस कास्कीद्वारा आयोजित १३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसमा आयोजित स्थानीय निर्वाचनमा ट्रेड युनियनको भुमिका विषयक अन्तक्र्रियामा प्रखर ट्रेड युनियन नेता कार्कीले ओली सरकारले गरेको लोकतन्त्र ‘कु’ लाई जोगाउन गठबन्धनको सरकार गठन रहरले नभई बाध्याताको उपज भएको बताए ।
नेता कार्कीले सामाजिक सुरक्षा कोष वर्तमान सरकारले पनि ध्यान दिन नसकेको भन्दै कडा आलोचना गरे । उनले अनौपचारिक क्षेत्रमा कार्यरत मजदुरको पहिचान गरी सामाजिक सुरक्षा कोषमा जोड्न ढिला नगर्न सरकारलाई चेतावनी दिए । अन्तक्र्रियामा नेपाली कांग्रेस पार्टी प्रति खनिएका नेता कार्कीले ट्रेड युनियन कांग्रेसलाई राज्यको भुमिकामा स्थान दिन नसक्नु, संगठनमा जिम्मेवारी नदिनु दुःखद भएको भन्दै नेता कार्कीले पार्टीको मुल नेतृत्वलाई खवरदारीसमेत गरे ।
जिल्ला अध्यक्ष विजयराज भण्डारीको अध्यक्षतामा भएको सभामा एटियुसी गण्डकी अध्यक्ष मुरारी शर्मा, एनटीयुसी केन्द्रीय सदस्य जीतबहादुर गुरुङ, नाई संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष लालबाबु ठाकुर, प्रजातान्त्रिक विकास समाजका अध्यक्ष डाक्टर विरबहादुर कार्की, नेपाल ट्रेड युनियन कांग्रेस कास्कीका निवर्तमान अध्यक्ष एवं नेका महाधिवेशन प्रतिनिधि कुलदेवी बरालले महिलालाई नेतृत्व तहले जिम्मेवारीमा विश्वास नगर्दा संगठन कमजोर भएको बताइन ।
जिल्ला सचिव रुद्र तिमिल्सिनाले सञ्चालन गरेको सभामा पोखरा महानगरपालिकाको उपमेयर उम्मेदवार कोपिला रानाभाट, कांग्रेस नेता नवीन सिग्देल, बरिष्ठ उपाध्यक्ष कमलबहादुर सापकोटा, एनटीयुसी गण्डकी प्रदेशका घनश्याम रेग्मी, सदस्य देवीप्रसाद बस्ताकोटी, यातायात मजदुर संघ गण्डकीका अध्यक्ष किरणबाबु पन्त, नेपाल कारखाना श्रमिक संघका उपमहासचिव केशवराज भट्टराई, नेपाल भवन निर्माण संघ कास्कीका अध्यक्ष राजेशबुढामगर, जिलाफका कृष्णप्रसाद बास्तोला, नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौं जिल्ला समितिका कोषाध्यक्ष विमलप्रसाद तिमल्सिना, माछापुच्छ«े इकाईका डम्मरराज ढकाल, तेजाखर लम्साल, पुर्णकुमारी गुरुङ, कृष्णप्रसाद बास्तोला, चन्द्रबहादुर पाण्डे लगायतले बोलेका थिए ।