अनिल शर्मा सुवेदी
पोखरा, १७ वैशाख ।
स्थानीय तहको निर्वाचन नजिकिँदै जादा विभिन्न पार्टीका उम्मेदवारहरु आफ्नो पक्षमा मत माग्द घरदैलो अभियानमा जुटन थालेका छन । आफ्नो पार्टीको एजेन्डा लिएर मतदातासँग मत माग्नेहरुले विभिन्न शैली र माध्यमबाट मत मागि रहेका छन । यस अन्तर्गत पोखरा महानगर ७ का अध्यक्षका उम्मेदवार राममोहन आचार्यले सुशासन र समृद्धिको आधार, स्थानीय तहमा कांग्रेसको सरकार भन्ने मुल नारा लिएर पोखरा ७ का मासबार, शान्तिनगर, रत्नचोक, घारीपाटन, प्रगतिनगर, नुवारथोक, एरपोर्ट, स्याल्दुले, पार्दी, राष्ट्रबैक चोक, शहिदचोक तथा रत्नपुरी क्षेत्रमा रहेका मतदातासँग मत माग्दै छन । उम्मेदवार आचार्यसँगको कुराकानीका आधारमा पोखरा ७ लाई नमुना वडा बनाउने संकल्प लिएर आफू मैदानमा होमिएको बताउँछन ।
राष्ट्रिय राजनीतिमा भएको चुनावी महोल र परिस्थितिलाई केन्द्रमा राखेर लोकप्रिय, सहयोगी तथा मिलनसार अध्यक्ष उम्मेदवार आचार्यले स्थानीय क्षेत्रको विकासमा आफू साझा उम्मेदवार भएको बताए । सरस्वती टिका माविमा २०५४ सालबाट नेविसंघको राजनीति गरेका आचार्य विगतमा टोल समन्वय समिति, वडा नगरिक मञ्च, रेडक्रस, सहकारी संघसस्था, बाली संरक्षण समिति नेपाल लगायत विभिन्न क्लब र धार्मिक संघसस्थाको अनुभव लिएका छन ।
जापान, दुवई, सिंगापुर, इन्डोनेसिया, थाइल्यान्ड लगायत विभिन्न देश घुमेर विकास र स्थानीय नागरिकको मन र मतलाई चिन्न सक्ने आचार्य पोखरा ७ का बलियो उम्मेदावर मानिन्छन । गठबन्धन र पार्टी भन्दा माथि उठेर मत माग्दै हिडेका आचार्यले व्यवस्थित पार्क, खेलमैदान, सिसिटिभी, नालासहितको बाटो, साइकल लेन, फिर्के र बुलौदीको तटबन्धन, उज्यालो वडा बनाउने संकल्प लिएका छन ।
सेती नदी तिरमा तारबार लगाउने, १ घर १ धारा अनिवार्य जडान गर्ने, स्थानीय श्रीकृष्ण माविलाई गुणस्तरिय शिक्षाको थलो बनाउने, स्थानीय संघसस्थालाई पारदर्शी र सुन्दर हरियाली वडाकारुपमा विकास गराउने योजना अघि सारेका छन । परम्परागत खेतीलाई आधुनिक बनाउँदै पोखरा ७ लाई कृषिमा आत्मनिर्भर बनाउने लक्ष्य लिएका छन । वडामा रहेका सुकुम्बासी वस्ती तथा अव्यवस्थित बस्तीलाई व्यवस्थित बनाउँदै बाल श्रमिक मुक्त वडा घोषणा गर्ने, सार्वजनिक सौचालय, विश्रामस्थल, व्यवस्थित स्वस्थ्य केन्द्र, वडामा रहेका १७ वटा टोलको व्यवस्थित नामांकरण गर्दै प्राकृतिक सम्पदाको संरक्षण गरेरै छाड्ने प्रतिवद्धता बोकेका छन । छाडा चौपाया नियन्त्रणदेखि वडालाई पर्ने अन्य सेवा र सुविधामा आफूलाई अनुभव भएकोले पोखरा ७ का मतदाताले मत दिने आधार स्पस्ट भएको उनले सुनाए । विगतमा कांग्रेस पार्टीले नजित्दा भोग्नु परेको पीडा वैशाख ३० पछि आफूले जितेर वडावासीको हितमा काम गर्ने योजना रहेको उम्मेदवार आचार्यले बताए । आचार्यको नेतृत्वमा खुला महिला सदस्यमा विनिता अधिकारी बराल, दलित महिला सदस्यमा पूर्णकुमारी नेपाली, खुला सदस्यमा अजित कार्की र विष्णु सुवेदीको टिम रहेकाले जितको आधार सहज भएको बताउँदै आएका छन् ।