पोखरा, १७ वैशाख ।
कस्केली अधिकृत समाजले समाजद्वारा तयार गरेको नयाँ वर्ष २०७९ को क्यालेन्डर लोकार्पण एवम् शुभकामना आदानप्रदान गरेको छ । पोखराको मौलिकता झल्कने किसिमका तस्वीर सहितको क्यालेन्डर कार्यक्रमका सभापति एवम् समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदी, सल्लाहकारहरू दुर्गाबहादुर शाह बाबा, प्रेमप्रकाश गौतम, विष्णुप्रसाद बराल, विश्वनाथ पराजुली, कर्मचारी मिलन केन्द्रका अध्यक्ष केदार बराल लगायतले सामुहिक रुपमा लोकार्पण गरेका थिए ।
कार्यक्रममा समाजका अध्यक्ष सुवेदीले नयाँ वर्षले सबैमा सुख शान्ति र समृद्धि ल्याउने विश्वास व्यक्त गरे । समाजका निवर्तमान अध्यक्ष एवम् सल्लाहकार दुर्गाबहादुर शाह(बाबा)ले नयाँ वर्षले प्रत्येक नेपालीमा सुख शान्ति ल्याउने र महामारीजन्य प्रकोपहरू अन्त्य हुने विश्वास व्यक्त गरे ।
समाजका सचिव महेश पौडेलको सञ्चालन एवम् उपाध्यक्ष लोकनाथ दवाडीले स्वागत गरेको कार्यक्रममा सल्लाहकारहरू कृष्णकान्त सिग्देल, डा.दीर्घनाथ ढुङ्गाना, भगवान पन्त, प्रेमप्रकाश गौतम, विष्णुप्रसाद बराल, विश्वनाथ पराजुली, डा. कालु शर्मा सहित सहभागीले नयाँ वर्षले समाजमा र राष्ट्रमा नयाँ उमंग ल्याउने विश्वास व्यक्त गर्दै शुभकामना व्यक्त गरेका थिए । उक्त अवसरमा जिल्ला समन्वय अधिकारी नबराज बराल र रुपा गाउँपालिकाका शाखा अधिकृत लोकनाथ पौडेललाई समाजको आजीवन सदस्यता प्रदान गरिएको थियो ।