पोखरा, १७ बैशाख ।
नेपाली कांग्रेस धादिङ पोखरा सम्पर्क समितिले आफ्नो चुनावी अभियानलाई तीव्रता दिएको छ । आसन्न ३० गते हुने स्थानीय चुनावलाई केन्द्रमा राखेर पोखरामा रहेको मतदातालाई घरसम्म पु¥याउने अभियान सुरु गरिएको समितिका सभापति एवं नेका जिल्ला कार्यसमिति धादिङका सदस्य लालप्रसाद पाठकले जानकारी दिए । शनिबार अगुवा नेता तथा कार्यकर्ताको छलफल पछि प्रतिक्रिया दिँदै सभापति पाठकले धादिङको हरेक तहमा जिल्ला समितिको पहुँच भएकाले सवै रुखमा मत दिने तथा गठबन्धन भएका क्षेत्र तथा तहमा आफ्नो उम्मेदवारलाई जिताउने प्रतिवद्धता जनाएका हुन ।
शनिबार वसेको भेलामा पार्टीका पूर्व महासमिति सदस्य एवं बौद्धिक ब्यक्तित्व डा. ठाकुर सिलवालले गठबन्धनमा रहेका सवै उम्मेदवारलाई जिताउन आवश्यक भएको बताए । उनले हिजो एमालेको सरकार हुँदा पाएको दुःखलाई सम्झेर भोटका माध्यमबाटै आफ्ना उम्मेदवारलाई विजयी गराउनु पर्ने बताए । भेलामा नेपाली कांग्रेस धादिङ पोखरा सम्पर्क समितिका निवर्तमान सभापति केदार धमलाले पोखरामा रहेको धादिङ जिल्लाका हरेक स्थानीय तहका मजदुर, पेशाकर्मी, व्यवसायी सवैलाई धादिङ लैजादै निश्पक्ष, मर्यादित एवं स्वच्छ निर्वाचनमा भाग लिन लगाउनु पर्ने बताए ।
समितिले नीलकण्ठ नगरपालिकामा माधव लम्साल, ज्वालामुखी गाउँपालिकामा यादुप्रसाद ढकाल, सिद्धलेकमा किश्वर भट्ट, त्रिपुरा सुन्दरीमा टेकबहादुर थपलिया, खनियाबासमा सुशील गुरुङ र बालकृष्ण सिम्खडा, गजुरीसँगै बेनीघाट, गल्छी, थाक्रे गाउँपालिका र धुनीवेशी नगरपालिकामा मोहन पण्डित संयोजक रहेको उपसमिति गठन गर्दै निर्वाचनमा होमीएको बताएको हो ।
समितिले धादिङ जिल्लामा कांग्रेस बलियो नहुँदा बत्ती मुनीको अध्यारो जिल्लाकोरुमा चित्रण गर्दै आएकोछ । पटक पटक अन्य पार्टीले विजयी प्राप्त गर्दा जिल्लाको विकास र प्रचार हुन नसकेको उल्लेख गरेको सचिव माधव लम्सालले जनाएका थिए । भेलामा समितिले युवा पर्यटन व्यवसायी आग्रह अर्याललाई सम्मान समेत गरेको थियो । सतितिले पोखरामा रहेका धादिङबासीको हित तथा मर्यादित सहयोग आदन प्रदान गर्दै आएको छ ।