काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको शुद्ध पिउन योग्य पानी वितरणको शुरुआत गरेका छन । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को वानेश्वरशाखास्थित मिनभवनको ओभरहेड टैंकीको पानी धारातर्फ छोडेर र अन्तराष्ट्रिय सम्मेलन केन्द्र परिषरमा रहेको धाराको पानीखोलेर पानीवितरणको शुरुआत गरेका हुन ।
पानीवितरणको शुरुआतपछि पत्रकार सम्मेलनमा मन्त्री चौधरीले पूर्वप्रधानमन्त्री तथा सन्त नेता कृष्णप्रसाद भट्टराईको काठमाडौं उपत्यकाबासीलाई मेलम्चीको शुद्ध पानी खुवाउने सपना लोकतन्त्र दिवसको दिनआफूले पानी वितरणको शुरुआत गरेर पुरा गरेको बताए ।
मन्त्रीचौधरीले गतवर्ष काठमाडौंमा मेलम्चीको पानीवितरण गर्दा तत्कालिन प्रधानमन्त्री केपीशर्मा ओलीले मेलम्ची योजनाको परिकल्पनागर्ने पूर्वप्रधानमन्त्री भट्टराईको नाम समेत लिन नचाहेर आफ्नो पूर्वाग्रही सोच र गलत संस्कार प्रदर्शन गरेको बताए ।
कांग्रेस सहमहामन्त्री समेत रहेका मन्त्रीचौधरीले नेपाली कांग्रेस नागरिकलाई झुटको सूची बाँड्न नचाहेको भन्दै ‘कांग्रेस जे बोल्छ, त्यो गर्छ र जे गर्छ त्यो बोल्छ’भन्ने कुरा मेलम्चीको पानीधारामा आएपछि आजथप प्रमाणीत भएकोदाबी गरे । उनले हरेक नागरिकलाई नभै नहुने शुद्ध पानीको उपभोगको विषयलाई राजनीतिकरण नगर्न र भ्रमनफिजाउनसबैमाआग्रहगर्दै नागरिकको जीवनसँगजोडिएको विषयमा राजनीतिगर्न छाडेर सहयोग, साथ र समर्थनको खाँचो रहेको औंल्याए ।
मन्त्रीचौधरीले मेलम्चीखानेपानी आयोजनाको दीर्घकालिन संचालनको लागिएसियालीविकास बैंकले मेलम्चीमाआएको बाढी र पहिरोको क्षतिको विवरण, त्यसको कारण र स्थायी समाधानकाउपायको लागिजलाधार संरक्षण गर्ने विषयमा अध्ययनगरिसकेको र त्यसको प्रतिवेदनप्राप्त भएपछि चाँडै कार्ययोजनाबनाई कार्यान्वयनगरिने बताए ।
वर्षायाममा मेलम्चीनदीमा बाढी आएमा साईरन बजेर पूर्वसूचनादिनको लागिअर्लि अलर्ट मेसिन जडान गरिएको भन्दै मन्त्रीचौधरीले मेलम्चीनदीमा बाढी आएमा सतर्क रहन र सम्भावितजोखिमलाई न्यूनयसले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
मेलम्चीको पानी उपत्यकावासीको घर घरमा पुर्याउनको लागिआयोजना कार्यान्वयन निर्देशनालयले ४१० किलोमिटर पाईप लाईन क्षेत्रको सर्ट रन टेष्ट पुरा भइपानी संचालनको लागितयार भएको भन्दै काठमाडौंवासीलाई मेलम्चीको हालवितरण भइरहेको पानीपर्याप्तनभएकाले यसकायाङ्ग्री र लार्के खोलाको पानी समेत सुरुङबाट सुन्दरीजलमामिसाउने कार्ययोजनाबनी सकेको बताए ।
राजधानीको बढ्दो जनसख्या र सम्भावित बाढी पहिरोलाई दृष्टिगत गरी मन्त्रालयले बर्षायाममा मेलम्चीको पानीको बिकल्पको रुपमावागमतिनदीको पानी, सिस्नेरी जलाधार क्षेत्र र महादेव खोलाको पानी काठमाडौमावितरण गर्ने विषयमाअध्ययनभइरहेको बताए ।
काठमाडौंबासीलाई मेलम्चीको पानीखुवाउने संकल्पगर्नु हुने पूर्वप्रधानमन्त्रीएवम् सन्त नेता स्वर्गीय कृष्ण प्रसाद भट्टराईको त्याग, तपश्या र योगदानलाई स्मरण गर्नको लागिसरकारले सुन्दरीजलमा पूणर् कदको शालिक राख्ने निणर्य गरिसकेको बताए । ।
खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले मेलम्चीको पानी काठमाडौंमाल्याउने परिकल्पनाकार पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको निर्वाचन क्षेत्र रहेको नयाँबानेश्वरबाटै पानीवितरणको शुरुआतगरिएको जनाउँदै वर्षाको समयमा मेलम्चीमा बाढी आएको खण्डमा सुरुङमापानीहाल्न रोकिएपनि बागमतिबाट सुन्दरीजलपानीप्रशोधन केन्द्रमा ल्याउन सकिने बताए ।
काठमाडौंमहानगरपालिका १० नम्वर वडाका वडाध्यक्ष रामकुमार केसीले आयोजनाको नाम कृष्णप्रसाद भट्टराई मेलम्चीखानेपानीआयोजनाभनेर राख्न प्रस्ताव गरे । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक डा.ई. संजिवविक्रम राणाले बर्षाको समयमा बागमती नदिबाट १० करोड लिटर पानी उपत्यकामा ल्याउन सकिने जानकारी दिए ।
आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक राजेन्द्र सापकोटाले सुन्दरीजल पानी प्रशोधन केन्द्रबाट उपत्यकाका १० वटा पानी टैंकीसम्मको ७० किलोमिटर पाईप विछ्याई सकेको जानकारी दिँदै ४१० किलोमिटर पाईप लाईनको परिक्षण भइसकेको जानकारी दिए ।
मेलम्चीखानेपानीआयोजनाकाकार्यकारी निर्देशकबासुदेव पौड्यालले क्षतिग्रस्त आयोजनाको हेडवक्र्स क्षेत्रको पुनःनिर्माण गर्न आयोजनाकाइञ्जिनियर, कर्मचारी र निर्माण व्यवासायीले रातदिनकाम गरेकै कारण पुनःनिर्माण कार्य सम्पन्नभएको बताए । केयूकेएलका प्रमुख कार्यकारी अधिकृत ई. मिलन शाक्यले मेलम्चीको पानी १० वटापानी टैंकीमार्फत १ लाख ७५ हजार धारामा बितरण गरिने बताए । उनले मेलम्चीको पानीचुहावन नियन्त्रण गर्नको लागिकर्मचारीहरु २४सै घण्टा तयारी अवस्थामा रहेको बताए ।