पोखरा । पोखराको महेन्द्रपुलमा रहेको काठमाडौं फ्रेस बेकरी २५ वर्षको अनुभव साटी रहेको छ । २५ औं वार्षिकोत्सव मनाएको सभामा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष संजीब बहादुर कोइरालाले सरकारी तवरबाट व्यवसायीलाई आवश्यक सहयोग नभएको बताएका थिए । उनले निरन्तर रुपमा व्यवसायमा लागेमा मात्र सफल उद्यमी बन्न सकिने बताए ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले कार्यप्रतिको लगनशिलताका कारण वेकरीले उचाइ लिएको बताए । उनले लगनशिलतामा जोड दिन सक्नु नै सफलता भएको बताए । पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विश्वशंकर पालिखेले बेकरीको क्षेत्रमा काठमाडौं बेकरीले पहिचान फरक बनाएको उल्लेख गरे ।
कार्यक्रममा बेकरीका सञ्चालक रोशन महर्जनले २०४७ सालमा काठमाडौको ललितपुरबाट स्वर्गीय बुवा ओमलाल मर्हजन परिवार पाल्ने विकल्प खोज्दै पोखरा आउनुभएको स्मरण गर्दैै ३ हजार रकमबाट सुरुआत भएको जानकारी दिए । केक, कुकिज र अन्य वेकरी जन्य खाद्य पदार्थहरुमा २ सय भन्दा वढी वस्तुको उत्पादन गरेर उपभोक्तालाई सन्तुसटी दिँदै आएको छ ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पवन प्रजावति, पोखरा उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष मानकाजी माकाजुु लगायतले बोलेका थिए । काठमाडौँ फ्रेस बेकरीका सञ्चालक नानी कुुमारी मर्हजनको अध्यक्षता भएको कार्यक्रम सञ्चालन रोशन मर्हजन र संचारकर्मी अनिशा श्रेष्ठ लगायतले बेलेका थिए ।