पोखरा, ४ बैशाख ।
नेपाल खानेपानी संस्थानका पुर्व अध्यक्ष डा. परमेश्वर पोखरेलले पोखरा महानगरको मेयर पदको उम्मेदवारी दिएका छन । पाटीकाे नीति र उम्मेदवारी मागे सँगै उनले दावी गरेका हुन । पाेखराको विकास सोचेजस्तो हुन नसक्नुमा स्पस्ट भिजन र मिसन नभएको बताउने डा. परमेश्वर पोखरेलले महानगर हाक्ने अवसरकालागि जनतासँग मतसमेत मागेका छन ।
आफुसँग भएको योजना कार्यान्वयन गरेर साच्चिकै पोखरा बनाउने सपना रहेको डा. पोखरेलले बताएका छन । उनले फेवातालको संरक्षणमा दीर्घकालिन योजना ल्याउन नसक्नु, सडकको परभावकारी व्यवस्थापन नगरिनु, बसपार्क जस्तो सम्वेदनशिल विषयमा गम्भिर भएर योजना नआउनु महानगर नै नभएको आभाष नागरिकले गरिरहेको उनको धारणा छ ।
उनले उपमहानगर भन्दा फरक हुन नसकेको महानगरलाई ३ वर्षभित्र साच्चिकै नमुना महानगर बनाउने बताएका छन ।
पोखरेलले स्पस्ट एजेन्डा, नीति र स्वच्छ छविलाई एकाकार गर्नु पर्ने समय आएको बताए । सातै ताललाई जोडने रिङ रोड, पर्यावरण जोगाउने योजना, स्थानीय मापदण्ड, साइकल लेन, फोहोर व्यवस्थापन, आकाशे पुल लगायत विषयमा गम्भिर बन्न नसके पोखरा सहर नै कुरुप हुने चिन्ता आम नगरिकमा परिरहेको अवस्थामा कुल भएर विकासको योजना ल्याउने क्षमता राख्नु पर्ने समय आएको बताउँछन । खानेपानी संस्थानले हाल गरिरहेको आयोजना जस्तै अरु ५ अर्वको योजना थप गर्ने क्षमता आफुसँग भएको बताउने पोखरेलले पोखराबासीको चाहना अनुरुप चल्ने उम्मेदवारी दिएसँगै पत्रकारसँगको कुराकानीमा बताए ।