पोखरा, २ वैशाख ।
पोखरा ११ स्थित फूलबारी क्लबले नव वर्ष २०७९ को थालनीसँगै नयाँ नयाँ काम गर्ने जनाएको छ । शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गर्दै काँहुडाडा पत्यानी स्थित क्रियापुत्री भवन पुनर्निर्माणको थालनी गरेको हो ।
क्लबका अध्यक्ष हरिश्चन्द्र बास्तोलाको अध्यक्षतामा भएको सभामा पोखरा महानगरपालिका वडा न। ११ का अध्यक्ष मोहनप्रसाद बास्तोलाले भवन निर्माणको उदघाटन गर्दै सुरुआत गरेका थिए । अध्यक्ष बास्तोलाले गैची हान्दै महानगरको पुरा सहयोग हुने बताए ।
फूलबारी क्लब र पोखरा ११ को संयुक्त लगानीमा बन्न लागेको सामाजिक क्रियाकर्म भवनले स्थानीयलाई थप टेवा पुग्ने बताईएको छ । क्लबका उपाध्यक्ष मनोज बास्तोलाले स्वागत गरेको सभामा वडाध्यक्ष मोहनप्रसाद वास्तोला, क्लबका सचिव जनार्दन बास्तोला लगायतले शुभकामना दिएका थिए ।
फूलबारी क्लबले पोखरा ११ लगायत पोखरा महानगरभित्र विभिन्न रचनात्मक कार्य गर्दै आएको छ ।