काठमाडौं, १ वैशाख ।
नेपाल सरकार खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्य नेपाल सरकारबाट सम्मानित भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा तथा विभूषण समितिका अध्यक्ष बालकृष्ण खाँडले सचिव आचार्यलाई नयाँ वर्ष २०७९ को अवसरमा सम्मान गरेका हुन ।
नेपाल राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभिबृद्धिमा पु¥याएको योगदानको कदर गर्दै आचार्यलाई सुप्रबल जनसेवाश्री तृतीय श्रेणीद्वारा सम्मान गरिएको हो ।
२०७८ सालको संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषित प्रदान गर्न घोषणा भएबमोजिम तत्कालिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सिंहदरबारका सचिव आचार्यलाई जनसेवाश्रीद्वारा सम्मान गरिएको हो ।