काठमाडौं, १ बैशाख ।
कुशिरो युवा क्लबले नयाँ वर्षको शुभकामना आदान प्रदान गर्दै कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई आर्थिक सहयोग गरेको छ । धुनीवेशी नगरपालिका ९ कानाकोटका कुन्दनराज पाण्डेलाई सहयोग रकम हस्तान्तरण गरिएको हो । विद्यार्थी पाण्डेलाई २६ हजार १ सय ८५ रुपैयाँ उपलब्ध गराईएको कार्यक्रम सञ्चालक समीर पण्डितले जानकारी दिए ।
मंगलदयो माविमा अध्ययनरत जेन्हेन्दार विद्यार्थी पाण्डेलाई रकम हस्तान्तरण गरिएको थियो । विद्यार्थी पाण्डेलाई उच्च शिक्षा अध्ययनकालागि क्लब अध्यक्ष केन्द्र महत, उपाध्यक्ष हिरामणि अधिकारी, कुशिरो चौर सरक्षण उपभोक्ता समितिका अध्यक्ष जीवन बुढाथोकीले संयुक्तरुपमा रकम हस्तान्तरण गरेका थिए ।
चन्द्रागिरी नगरपालिस्थित क्लबको कभर्ड हल नयाँ सुन्दर बस्तीमा शुभकामना आदान प्रदान कार्यक्रम भएको थियो । युवा क्लबका अध्यक्ष केन्द्र महतको अध्यक्षतामा भएको सभामा कुशिरा चौर संरक्षण समितिका जीवन बुढाथोकी विशेष अतिथि रहेका थिए । सभामा यम पराजुली, ऋषिराम पंगेनी, चन्द्रा सिंह लगायतले सामाजिक, शेक्षिक, खेलकुद र स्थानीय क्षेत्रको विकासमा क्लबको योगदान बारे बोलेका थिए ।
क्लबले स्थनीयलाई खेलमार्फत स्वास्थ्य र भाईचारा भावनाको विकास गराउन कभर्डहल निर्माण गरेको जनाएको छ । कभर्ड हल निर्माणमा प्रदेश सांसद रमा आले, वेलीमाया घले, चन्द्रागिरी नगर प्रमुख घनश्याम गिरी, समाजसेवी धर्मानन्द श्रेष्ठ, चन्द्रगिरी ६ का अध्यक्ष संजय सिग्देल, स्वयम थापा लगायतको सहयोग रहेको क्लबले उल्लेख गरेको छ । हल निर्माणमा उपत्यका विकास प्राधिकरणबाट समाजसेवी यम पराजुली लगायतको पहलमा ३० लाख रुपैयाँ सहयोग प्राप्त भएको क्लबले जनाएको छ ।
उक्त रकम कुशिरो चौर सौन्दर्यकरण लगायतमा खर्च गरिएको निर्माण समितिले उल्लेख गरेको छ ।
सामाजिक सेवामा समर्पित भई राजनीति उद्देश्य नलिएको क्लबले आगामी दिनमा स्थानीय विकास तथा टोल सुधारको कार्य गर्दै अघि बढ्ने योजना रहेको क्लबले नयाँ वर्ष २०७९ को अवसरमा धारणा व्यक्त गरेको छ । क्लबका सुरेश सुवेदीले जेहेन्दार विद्यार्थी पाण्डेलाई ब्याच्लर सम्मको अध्ययनकोलागि सहयोग गर्ने घोषणासमेत गरेका छन् ।