पाेखरा, ३० चैत ।
गायिका इतु जोजिजुले सर्वोत्कृष्ट पाश्र्व गायिकाको अवार्ड प्राप्त गरेकी छन । “बिर्सन सजिलो भएन” बोलको गितबाट १२ औं डि.सि.ने अवार्डको सर्वाेत्कृष्ट पाश्र्व गायिकाको अवार्ड प्राप्त गरेकी छन । उक्त विधामा इतु जोजिजु, मिलन नेवार, मेलिना राइ, अञ्जु पन्त, मिना निरौला बिच प्रतिस्पर्धा भएको थियो ।
चलचित्र मखमली–मखमली मा समावेश उक्त गितबाट अवार्ड प्राप्त गरकेी हुन । छायाँछवि क्रियसनको आयोजनामा हुँदै आएको डि–सीने अवार्ड यसअघि कोरोना भाइरसको महामारीका कारण रोकिएको थियो ।