पोखरा, २६ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले देशमा सधै कांग्रेसको नीतिले जितेको बताएका छन । प्रखर नेता खतिवडाले मुद्धा सधै जित्ने, चुनाव हार्ने, अव त्यसो हुनु हुँदैन । पोखरा महानगर कार्यसमिति कास्कीद्वारा प्रकाशित २०७९ सालको वार्षिक क्यालेन्डर विमोचन गर्दै नेता खतिवडाले सूचना दिने यन्त्र क्यालेन्डर मात्र नभई, देश र जनता अनि हाम्रो भविष्य जोडिएको साल भएको उल्लेख गरे । उनले २०७९ साल नेपालको ऐतिहासिक वर्ष कांग्रेसले नै बनाउने समय भएकाले जनतालाई महत्व बुझाउन सक्नु पर्ने बताए ।
सवैलाई समेटने कांग्रेसले मात्र देश र जनताको भलो गर्न सक्ने उनको धारणा थियो । २ तिहाईको दम्भ र ओलीको अहंकारले फसाएको देशलाई उतार्ने जिम्मा कांग्रेसलाई नै आएकाले मत माग्दासमेत ध्यान दिन काँगे्रस कार्यकर्तालाई निर्देशन दिए ।
पोखरा महानगर कार्यसमितिका सभापति सुरेन्द्रमान बिजुक्छेको अध्यक्षतामा भएको क्यालेन्डर विमोचन तथा नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा चुनावमा मत नहाल्ने, चुप लागेर बस्ने कार्यकर्ता कांग्रेसी हुन नसक्ने भन्दै नेता खतिवडाले गठबन्धन बाध्यताका बीच भएको बताउँदै गठबन्धनकै नाममा नेतृत्वले कांग्रेसलाई पछाडी पार्ने छुट नभएको धारणा राखे । महानगर समितिका सचिव टुवराज बास्तोलाले सञ्चालन गरेको सभामा नेका गण्डकी प्रदेश समितिका प्रबक्ता माधवप्रसाद बास्तोला ‘मधु’, नेपाली कांग्रेस कास्कीका सभापति किश्वरदत्त बराल, नेपाली लेखक संघका कन्द्रीय अध्यक्ष तीर्थ श्रेष्ठ, महानगर समितिका उपसभापति भवसागर बराल लगायतले शुभकामना दिएका थिए ।