पोखरा, २५ चैत ।
नेपालमा मानसिक स्वास्थ्य सेवा तथा सुविधा बारे सरकारले ध्यान दिन नसकेको गुनासो बढेको छ । नेपाली नागरिकलाई परेको समस्या दिनानुदिन बृद्धिहुँदा समेत आवश्यक पुर्वाधार तथा जनशक्तिको व्यवस्थापन नगरिनु संविधानको मुलमर्म र भावना विपरित भएको बताइएको हो ।
राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठान (कोशिश) को सहजीकरणमा भएको कार्यक्रममा शारीरिक तथा मानसिक तन्दुरुस्ती बनाउन मरामर्शदाताको व्यवस्था गर्दैै स्थानीय तहसम्म सेवा उपलब्ध गराउनु पर्र्ने बताएका हुन । नेपाली नागरिक मध्ये १० जनामा १ जना मनोरोगी भएको तथ्यांकले देखाएको छ । मनोसामाजिक अपांगत भएकाकारण मानिसहरु आत्महत्या गर्ने, विष सेवन गर्ने, नदी तथा नहरमा हाम फाल्ने जस्ता कार्य रोक्न सरकारले नयाँ रणनीति तथा कार्ययोजना निर्माण गर्न सक्नु पर्नेमा जोड दिएका हुन ।
२०५३ सालमा मानसिक स्वास्थ्यबारे आएको नीति आजसम्म पुणर् कार्यान्वयन हुन नसक्नु दुःखद भएको पत्रकार सम्मेलन तथा अन्तक्रियामा बताइएको थियो । कोशिशका कार्यकारी निर्देशक मातृका देवकोटाले अपांगता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी ऐन २०७४ बने पनि व्यवहारिक रुपमा लागु नभएको बताए । समाज परिवर्तन भएपनि व्यक्तिहरुले यस्ता रोग लुकाएर राख्नाले समस्या थपिएको, भएको घटनालाई पुर्वजन्मको पाप भन्दै तिरस्कार गर्ने गरेको, सकारात्मक भन्दा नकारात्मक बन्ने गरेको, सामन्य विषयलाई ठुलो बनाएर मनोसामाजिक अपांगता बढाउन टेवा दिएको, विभेदपुणर् व्यवहार गर्ने जस्ता घटनालाई सरकारले उचित व्यवस्थापनको अपिल गर्न नसकेको कारण यस्ता रोगीहरु बढेको जानकारी दिइयो ।
कानुनी व्यवस्था भएपनि स्थानीय तहले तल्लो तहसम्म पहुँचमा लैजान नसक्नु, जीवनयापनको जोहो गराउन नसक्नु, घरघरमा दिनानुदिन यस्ता समस्या बढनु नरामो भएको स्वाथ्य निर्देशनालयका निर्देशक खिमबहादुर खडकाले बताए । उनले कामै गरेर अघि बढने योजना रहेको बताउँदै काम गर्ने तौर तरिकाले मानसिक समस्या बढेको बताए । उनले १०९२ हटलाईन नम्बर चौविसै घण्टा खुला रहेको भन्दै ढुक्क भएर उपयोग गर्न अनुरोध गरे । गोपनियता कायम हुने यस कार्यमा देखेको र सम्भावित लाग्ने घटनालाई जानकारी दिन सवैमा अनुरोध गरे । उनले देख्ने गरी पदेश निर्देशनालय लागेको उल्लेख गर्दै १३ पकारका औषधि उचित तवरबाट वितरण गर्नसमेत निर्देशन दिए । बजेटको सिलिङ बढनुको सट्टा घटने गरेको घटनाले आफुलाई दुःख लागेको बताउँदै स्थानीय स्तरमा आम सचेत नागरिकले यस्ता सम्वेदनशील विषयमा ध्यान दिन सक्नु पर्नेमा जोड दिए ।
अन्तक्र्रियामा रोषन न्यौपाने, रमेशपसाद अधिकारी, पोखरा स्वास्थ्य विज्ञान पतिष्ठानका डा. लिपा बैद्य, नवराज शर्मा, उर्मिला बराल, नविन महर्जन लगायतले सहजीकरण गरेका थिए । कार्यक्रममा परिवार नियोजन, सुरक्षित मातृत्व, बाल स्वास्थ्य जस्तै मानसिक स्वास्थ्य पनि रोगै भएकोले ध्यान दिन सक्नु पर्नेमा जोड दिइएको थियो । आवेग, धारणा, इच्छा, विश्वासलाई आधारमान्दा टेन्सन जस्तै बंशाणुतग समस्या पनि नेपालमा रहेको डा. बैद्यको परस्तुती थियो । देश भरबाट गण्डकी पदेश ५ औं स्थानमा रहेपनि कास्की तथा पोखरामा समस्या बढेको उनको भनाई थियो ।