पर्वत, २४ चैत ।
स्वास्थ्य उपचार सेवाको पहँुचबाट बाहिर रहेका पर्वत पाङ तत्तरकोटका ४ सय घर कुरिया दलित परिवारले गाउँमै स्वास्थ्य केन्द्रको सेवा पाएका छन् । गण्डकी प्रदेश सरकार र कुश्मा नगरपालिकाले बिनियोजन गरेको १६ लाख रुपैयाँमा शहरी स्वास्थ्य केन्द्र स्थापनाभइ सेवा शुरु भएको छ । सेवा सुचारुपूर्व केन्द्रको उद्घाटन गर्दै कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले पाङ तत्तरकोटका स्थानीय स्वास्थ्यसेवा लिन लामो दुरीको यात्रा तय गर्दै कुस्मादेखि पोखरा काठमाडौ सम्म पुग्नुपरेको अवस्थालाई हृदयङ्गम गर्दै स्थानीय सरकारको अपनत्व दिन कार्य भएको बताए ।
उनले जनप्रतिनिधिको कार्यकलामा संविधानले व्यवस्था गरे अनुसार स्वास्थ्य शिक्षा र खानेपानीको पहुँच बिस्तारमा नगरपालिकाले कुनै कसुर बाँकी नराखेको बताए । ,कार्यक्रममा उपप्रमुख सिता काफ्ले लामिछानेले पाङ तत्तरकोटका जनातले स्वास्थ्यसेवाको पहँच बाहिर भएको थाहा पाए लग्तै उक्त कार्यमा लाग्दै स्वास्थ्यसेवाक कर्मचारीको व्यस्थापन गर्दै सेवा दिएको बताइन । कुश्मा नगरपालिकाका प्रसासकिय अधिकृत कुमानसिहं गुरुङले जनातको घरदैलाको सरकारले नागरिकका नैसर्गिक मानविय अधिकारीको प्रत्याभुत गराउने चरणको उदाहरणमा स्वास्थ्य केन्द्र रहेको भन्दै यसको दिगो व्यस्थापनमा कुश्मा नगरपालिका सधै तयार रहेको सुनाए ।
कार्यक्रममा कुश्मा नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख उमकान्त शर्माले प्रदान हुने सेवाहरुका बिषयमा जानकारी दिए । कार्यक्रममा कार्यवहाक वडाध्यक्ष बिरेन्द्र रिजाल, नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष हेमशर्मा पाध्याय, नेकपा एमालेका प्रतिनिधि केदारनाथ पौडेल, स्थानीय युवा रमेश परियार लगायतले बोलेका थिए ।
भवन निमाणर् समितिका अध्यक्ष देवी परियारको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य शहरी स्वास्थ्य केन्द्र पाङ तत्तरकोटका अहेब अस्था शर्माले गरेकी थिइन । कुश्मा नगरपालिकाका कर्मचारी टेक परियारले सञ्चालन गरेको सभामा जग्गा दान गर्ने स्थानीय मुकुन्द्र शास्त्रीलाई दोसल्ला ओढाइ सम्मन गरिएको थियो । केन्दमा स्वास्थ्य शिक्षा, बिरामी उपचार,औषधी सेवा,खोप सेवा,परिवार नियजन सेवा, गर्भ जाँच लायत दिइने जनाएको छ ।