पर्वत, २४ चैत ।
नेपाली काँग्रेसको केन्द्रिय महाधिवेशन प्रतिनिधि तथा नेपाल महिलासंघ पर्वतको जिल्ला अध्यक्ष मुना शर्मा लामिछानेले आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा कुश्मा नगरपालिकामा उपमेयर पदमा दाबी गरेकी छन् । निर्वाचन चौतारी कार्यक्रममा बोल्दै उनले नेपाल विद्यार्थी संघ, महिला संघ हुँदै महाधिवेशन प्रतिनिधि सम्म आइपुग्दा नेपाली काँग्रेसको संगठन निमाणर्मा आफनो भूमिका र योगदान हेर्न लायक रहेको स्मरण गर्दै अब नेतृत्वको समय आफनो काँधमा आएको बताइन् ।
उनले महिला संघको जिल्ला अध्यक्ष हँदै गर्दा पर्वतका महिला दिदिबहिनीहरुको समस्या बुझन सक्षम रहे पनि सामाजिक समस्या निधन गर्न आफु राज्यको जनप्रतिनिधि हुनपर्ने सुझाव अनुसार लाग्ने सुनाइन । महिला जब सम्म नेतृत्वमा आउँदैनन तब सम्म अधिकार स्थापित हुननसक्ने भन्दै सबैको प्रतिनिधित्वलाई आफु उपमेयर हुन चाहेको बताइन् ।
फरक प्रसंगमा लामिछानेले गठबन्धन दलसँग पार्टीले समन्वय गर्न निर्देशन गरेको हुँदा सहकार्य हुनसक्ने तर्फ पनि संकेत गरेकी छन् ।