पोखरा, २२ चैत ।
स्थानीय निर्वाचन नजिकिँदै जाँदा विभिन्न योजना र लक्ष्य बोकेर उम्मेदवारहरु सक्रिय बन्ने गरेका छन । पोखरामा विकास सोचेजस्तो हुन नसक्नुमा हामी नै जिम्मेवार भएको बताउने मेयरका आकांक्षी डा. परमेश्वर पोखरेलले आफुसँग भएको योजना कार्यान्वयन गरेर साच्चिकै पोखरा बनाउने सपना रहेको बताएका छन । मतदातासँग मत माग्न जाँदा ढुक्क भएर आफ्नो स्वच्छ छबि लिएर जान सक्नु पर्ने उनको धारणा छ । फेवातालको संरक्षणमा दीर्घकालिन योजना ल्याउन नसक्नु, सडकको परभावकारी व्यवस्थापन नगरिनु, बसपार्क जस्तो सम्वेदनशिल विषयमा गम्भिर भएर योजना नआउनु महानगर नै नभएको आभाष नागरिकले गरिरहेको उनको धारणा छ ।
भौगोलिक हिसावले ठुलो भएपनि बजेट, रोजगारी, पर्यटन, धार्मिक लगायत विषयमा बुलन्द आवाज वर्तमान महानगर नेतृत्वले उठाउन नसक्नु सिंगो पोखराको बाधक भएको अवस्था छ । ढुलमुले नीति र अपरिपक्क नेतृत्वले पोखराको नेतृत्व गर्न नसक्ने बताउने डा. पोखरेल आगामी दिनमा नेपाली कांगेस र कांगेस उम्मेदवारले नेतृत्व गर्दामात्र पोखराको विकास र वास्तविक पोखरा हुन सक्ने बताउँछन । उपमहानगर भन्दा फरक हुन नसकेको महानगरलाई ३ वर्षभित्र साच्चिकै नमुना महानगर बनाउने सपना आफुले बोकेर हिडेको पत्रकारसँगको भेटमा सुनाए ।
नेपाल खानेपानी संस्थानको सञ्चालक समितिको पुर्व अध्यक्ष रहेका पोखरेलले स्पस्ट एजेन्डा, नीति र स्वच्छ छविलाई एकाकार गर्नु पर्ने समय आएको बताए । सातै ताललाई जोडने रिङ रोड, पर्यावरण जोगाउने योजना, स्थानीय मापदण्ड, साइकल लेन, फाेहाेर व्यवस्थापन, अाकाशे पुल लगायत विषयमा गम्भिर बन्न नसके पोखरा सहर नै कुरुप हुने चिन्ता आम नगरिकमा परिरहेको अवस्थामा कुल भएर विकासको योजना ल्याउने क्षमता राख्नु पर्ने समय आएको बताए । उनले अदुरदशिताका कारण बनाउँदा बनाउँदै भत्केकाे सिल्टेसन बाँधले पुर्रयाएकाे क्षतीले जनतामा नराम्े असर परिरहेकाे स्मरणा गदै, आफु अध्यक्ष रहँदा पोखरामा शुद्ध पिउने पानीको बृहद खानेपानी योजनाले पुस्टि गर्न सक्ने क्षमता आफुमा रहेको दावी समेत गर्दछन । इन्जिनियर समेत रहेका डा. पोखरेलले महानगरको नेतृत्व आफुले पाएको अवस्थामा साच्चिकै महानगर बनाउन जापान रहँदादेखिको योजना रहेको धारणा छ ।