पोखरा, १९ चैत । पोखरा ११ रानीपौवा स्थित सयपत्री बचत तथा ऋण सहकारी संस्थाले ६५ औं राष्ट्रिय सहकारी दिवस सरसफाई गरेर मनाएको छ ।
सहकारी कार्यालय क्षेत्र पोखरा ११ मा सफाई गरिएको सहकारीका अध्यक्ष रवीन्द्र बास्तोलाले जानकारी दिए । सहकारीमा कार्यरत कर्मचारी तथा सञ्चालक सदस्यको टोलीले बजार क्षेत्र सफाई गरेको जनाएको छ ।
‘सुशासनमुलक सहकारी, सहकारी संघ सस्थाको जिम्मेवारी’ नारा तय भएको ६५ औं राष्ट्रिय सहकारी दिवस सयपत्री सहकारीले सामाजिक उत्तरदायित्व वहन गर्दै सम्पन्न गरेको अध्यक्ष बास्तोलाले जानकारी दिए । सहकारीले रानीपौवा चोक तथा मन्दिर परिसरमा सफाई गर्दै दिवस मनाएको संस्थाका प्रबन्धक विकास सुवेदीले जानकारी दिए ।