काठमाडौं, १९ चैत ः नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधामन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता सुरू भएको छ। ३ दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच हैदरावाद हाउसमा भेटवार्ता सुरु भएको हो। द्विपक्षीय औपचारकि वार्तापछि प्रधानमन्त्री देउवा र मोदीले जनकपुर–जयनगर रेल सुरुआत गर्ने कार्यक्रम छ।
त्यस्तै नेपालमा भूकम्पपछी भारतीय सहयोगबाट नर्मिाण भएका १ सय ३० भन्दा बढी स्वास्थ्यचौकीको संयुक्त उद्घाटन हुने टाेलीले जानकारी दिएकाे छ। यी सबै कार्यक्रम सकएिपछि दुवै प्रधानमन्त्रीले पत्रकार सम्मेलनलाई संयुक्तरुपमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री देउवा ५० प्रतनिधिमिण्डलसहति शुक्रबार अपराह्न नयाँ दिल्ली पुगेका थिए। शुक्रबार नै भारतीय विदेशमन्त्री यश जयशंकरसँग भेटवार्ता गरेका थिए।