पर्वत ,१८ चैत ।
आसन्न स्थानीय तहको निर्वाचनको बिषयमा केन्द्रित रहेर पर्वत काँग्रेसले बृहत छलफल सहितको बैठकको तयारी गरिएको छ । आगामी चैत २० गते बैठकको मिति तय भएको सन्र्दभमा जिल्लाभरका काँग्रेस नेता तथा कार्यकताहरुसँग बैठक बस्न लागिएको सचिव गुप्तनिधि शर्माले जानकारी दिए । उक्त बैठकमा नेपाली काँग्रेसले पार्टीको भूमिका,रणनितिक योजना र नेतृत्वका बिषयमा राय, सुझाव र परामर्श गर्न लागेको हो । पूर्वपार्टी सभापतिहरु, महाधिवेशन प्रतिनिधिहरु सहित पूर्व र वर्तमान पदाधिकारीहरुको संयुक्त बैठक बस्न लागेको सचिव शर्माले जानकारी दिए ।