काठमाडौँ,१७ चैत । यस वर्षको तारिणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कारबाट युवा पत्रकार कुलचन्द्र न्यौपाने पुरस्कृत भएका छन् ।
रिपोर्टस क्लब नेपालले आफ्नो २४ औं वार्षिकोत्सवको अवसरमा यस वर्षको तारिणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार न्यौपानेलाई प्रदान गरेको हो । पुरस्कारको राशि ५० हजार रुपैयाँ रहेको छ । न्यौपाने कान्तिपुर दैनिकमा कायर्रत छन ।
सोही अवसरमा कृष्णप्रसाद भट्टराई स्मृति पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार किशोर नेपाल र तेजेन्द्र– सुन्तली खड्का स्मृति आर्थिक पत्रकारिता पुरस्कारबाट कुवेर चालिसेलाई प्रदान गरिएको छ । दुवै पुरस्कारको राशि १–१ लाख रुपैयाँ छ । पुरस्कृत सबैलाई प्रधानमन्त्री शेरबहादुर देउवाले पुरस्कार हस्तान्तरण गरेका थिए ।