काठमाडौं, १७ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावमा गठबन्धन एकतावद्ध भएर बढ्ने बताएका छन् । आज रिपोर्टर्स क्लब नेपालको २४औं वार्षिकोत्सवमा राजधानीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै गठबन्धन एकतावद्ध भएर बढ्ने बताएका हुन् ।
‘गठबन्धनका सबैको सहयोगमा म प्रधानमन्त्री बनेको हो,’ देउवाले भने, ‘चुनावमा पनि एकतावद्ध भएर अगाडि बढ्छौं ।’ आफूहरु सबै अप्ठ्याराहरुलाई छिचोल्दै अगाडि बढेको र भविष्यमा पनि समस्याको समाधान गरेर बढ्ने बताए ।
चुनावलाई स्वतन्त्र र भयरहित बनाउन आफू गम्भीर भएर लागेको बताए । सफल र स्वतन्त्र चुनावका लागि मिडियाको भूमिका महत्वपूणर् हुने भन्दै साथ र सहयोगको आग्रह गरे ।
देउवाले मिडियामा मिथ्या र भ्रामक समाचारहरुप्रति गम्भीर हुनुपर्ने बताए । उनले मिडियाले आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनमा महत्वपूणर् भूमिका निभाएको बताए ।
रिपोर्टर्स क्लब नेपालले देशमा भएका महत्वपूणर् परिवर्तन देखि संविधान निर्माणमा प्रशंसनीय भूमिका खेलेको बताए । उनले भने, परिवर्तनका समयमा रिपोर्टर्स क्लब नेपालले महत्वपूणर् भूमिका खेलेको छ । देउवाले क्लबलाई २४औं वार्षिकोत्वसमा शुभकामना तथा बधाई समेत दिए ।
त्यस्तै, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लेआगामी तीनै तहको निर्वाचनमा गठबन्धन हुने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालको २४औं वार्षिकोत्सव समारोहमा शुभकामना दिँदै उनले गठबन्धन आवश्यकत्ताले जन्मिएको भन्दै यो निर्वाचनसम्म कायम रहने स्पष्ट पारे ।
उनलेश्रीलंकाजस्तो स्थितिमा नेपाल नरहेको पनि जिकिर गरे । उनले भने,‘श्रीलंकाजस्तो डरलाग्दो स्थिति भयो भन्ने त होईन, भोलि अप्ठ्यारो स्थिति आउनसक्छ । अहिले नै समाधानकोलागि पहल सुरु भैसकेको छ । उपाय निकाल्छौं ।’
जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक दलले उठाउनुपर्ने मुद्दा र विषय नेपाली मिडियाले उठाएपछि मात्रै त्यसलाई दलले बोक्ने गरेको बताएका छन् ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी वर्ष हुने तीनै तहको चुनाव महासंग्राम नभई महाउत्सव हुने बताएका छन् । आज रिपोर्टर्स क्लब नेपालको २४औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै चुनावले देशलाई समृद्धी र स्थायित्वको दिशामा लाने भएकाले महाउत्सव हुने बताए ।
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पनि क्लबलाई शुभकामामना दिए । उनले भने,‘क्लब र यसका नेतृत्व ऋषि धमलाको क्रियाशिलतालाई नेपाली प्रेस जगतले अनुसरण गर्नेछ । क्लबले रिपोर्टरहरुलाई संगठित गर्दै राम्रो काम गरेको छ । महासंघको तर्फबाट म क्लबलाई धेरै धेरै बधाई र शुभकामना भन्न चाहन्छु । क्लब अहिले सबैको साझा प्लेटमर्फमको रुपमा स्थापित भएको छ । नागरिकलाई सूसुचित बनाउने काम क्लबले गरेको छ ।’
क्लबका सभापति ऋषि धमलाले प्रधानमन्त्री शेरबहादुर देउवा सफल र कुशल नेता भएको भन्दै आगामी दिनमा उहाँकै नेतृत्वमा देश समृद्धिको यात्रामा अघि बढ्ने विश्वास दिलाए । उनले भने,‘सम्मानीय प्रधानमन्त्रीज्यू यो देशको राजनेता हो । अहिले प्रचण्ड र देउवाबीच सहयात्रा सुरु भएको छ । तपाईँहरुबीच सहमति र सहकार्य होस। यो देशको आवश्यकत्ता हो । संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नकोलागि यहाँहरुको सक्रिय भूमिका होस ।’ उनले सबै दलहरुबीच सहमति, सहकार्य र एकता आजपनि आवश्यक रहेको भन्दै यो मर्मलाई आत्मसात् गरेर अघि बढ्न दलका नेताहरुलाई आग्रह गरे ।