पर्वत, १६ चैत ।
नेपाली काँग्रेस पर्वतका जिल्ला सभापति युवराज जोशीले नेपाली काँग्रेसको घरघर जाऔं काँग्रेस जिताऔं अभियन २०१५ मा विपिले नेतृत्व गरेको काँग्रेस सरह भएको बताएका छन । उनले प्रशंसा सहित उत्साहलाई परिणाममा ल्याउन कार्यकर्तासँग अनुरोधसमेत गरे । कुश्मा नगरपालिका ११ पकुवामा नेपाली काँग्रेसको वडा कार्ययालयको उदघाटनमा उनले उत्साहलाई भरोसा दिनसक्ने उम्मेदवार चुन्ने जिम्मा पनि स्थानीय नेता कार्यकर्ताको भएको समेत बताए । नेता जोशीले काँग्रेस टोल कार्य समितिका नवनिर्वाचित सभापति र समितिका सदस्यलाइ प्रमाणपत्र बितरण गर्दै काँग्रेसलाई जिताउने जिम्मेवारी समेत दिए । उनले महिला संघ, तरुण दललाई समेत जिम्मेवारी लिन अनुरोध गरे । कार्यक्रममा महाधिवेशन प्रतिनिधि कुलप्रसाद पाध्या, शिवशर्मा अधिकारी, प्रदेश सदस्य टंक सुवेदी, नेपाली काँग्रेस कुश्मा नगर सभापति किशोर भण्डारी, महिला संघका जिल्ला सभापति मुना शर्मा लामिछाने, प्रदेश सहसचिव दया सुवेदी, प्रदेश सदस्य निर्मल विश्वकर्मा, रेडक्रस जिल्ला सभापति रुद्र रिमाल, विरेन्द माविका अध्यक्ष विश्व बिजय जोशी, रमेश बम मल्ल, डम्मर बिक, बिबेक नेपाली ,वडा सभापति कृष्णबहादुर केसी वडा सचिवहरु इश्वरी भुषाल, नारायण पौडेल लगायतले बोलेका थिए । सभामा विभिन्न पार्टी परित्याग गरी १५ जना नेपाली काँग्रेसमा प्रवेश गरेकालाई सभापती जोशीले स्वागत गरेका थिए ।