पर्वत, १५ चैत ।
सामुदायिक प्रहरी सेवा केन्द्र पर्वतले नवआगन्तुक प्रमुख जिल्ला अधिकारी नारायण सापकोटालाई स्वागत गरेको छ । स्वागत तथा सम्मान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सापकोटाले सामुदायिक प्रहरी सेवा केन्द्र भरपर्दो प्रहरी र प्रशासनको सारथी रहेको उल्लेख गरेका थिए । उनले प्रत्येक कार्यमा सहकार्य र समन्वय गर्ने बताउँदै विगतमा प्रहरी र समुदायबीचको सम्बन्ध सधै नङ र मासुजस्तै रहेको बताए । स्थानीय, प्रदेश र संघीय सरकार सञ्चलानलाई छिटो छुट्टै कानुन कार्यान्वयन हुने हुँदा कुनै पनि सेवा प्रभाव गर्ने निकायबाट सेवाग्राहीले दुःख र झन्झटको शिकार नहुने स्पष्ट पारे ।
कार्यक्रमा बोल्दै निवर्तमान अध्यक्ष शिवप्रसाद सुवेदीले सामुदायिक प्रहरी सेवा केन्द्र समाजको सेतुका रुपमा स्थापना भएको भन्दै शान्ति, सुरक्षा स्थापनार्थ जिल्ला प्रशासनसँग बिगतमा भएका सहकार्यलाई थप निरन्तरता दिइने बताए । उनले आसन्न निर्वाचनमा प्रमुख जिल्ला अधिकारीको साथमा आफुहरु एक हुने विश्वास समेत दिलाए । कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियन संघका जिल्ला अध्यक्ष अर्जुन चपागाँईले कर्मचारीलाई निर्देशन सहितको सहकार्य गर्ने सवालमा नगआगन्तुक प्रमुख जिल्ला अधिकारीले गहन भूमिका निर्वाह गर्ने अपेक्षा गरे ।
कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र पर्वतका सल्लाहकार परशुराम पुरी, पूर्व अध्यक्ष मानकुमारी गिरी लगायतले बोलेका थिए ।
सामुदायिक प्रहरी सेवा केन्द्र पर्वतका अध्यक्ष राजन जोशीको अध्यक्षतामा भएको कार्यक्रममा सेवा केन्द्रका उपाध्यक्ष तुप्पला शाक्यले स्वागत र सचिव सरस्वती शर्मा‘जिज्ञासु’ सञ्चालन गरेकी थिइन । प्रजिअ सापकोटा छिमेकी जिल्ला बाग्लुङ जैमुनि नगरपालिका दमेकका बासिन्दा हुन् ।