पर्वत,१३ चैत ।
घर–घर जाऔँ, नेपाली कांग्रेस जिताऔँ अभियान कुश्मा नगरपालिका १४ आर्थरमा सुरु भएको छ । अभियान उद्घाटन गर्दै नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि शिवशर्मा अधिकारीले आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी हुने ठोकुवा गरे । अधिकारीले कांग्रेसको पराजयले विकास निर्माणका काम अलपत्र पारिएको बताउँदै कम्युनिस्टको मतान्तरले झन झन जनताको दैनिकी कष्टकार बनेको ठोक्ुवा गरे ।

अधिकारीले कांग्रे्रेस कार्यकर्ताबीच मेलमिलाप आवश्यक रहेको भन्दै एकताको सन्देश दिइ चुनावमा जानुपर्ने बताए । उनले हिजोका सबै तीतो अनुभव बिर्सेर नयाँ पथमा लाग्नुपर्ने बताए । अभियानमा नेपाली कांग्रेस कुश्मा नगर सभापति किशोर भण्डारीले हिजोको इतिहास सन् २००३ मा नेपाली कांग्रेस स्थापनाको स्मरण गराउँदै कांग्रेस शक्तिको अडामा नभइ विधान र बिचारको मार्गमा रहेर राजनीति गर्ने बताए ।

उनले ७० वर्षदेखि नेपाल कांग्रेसले देश र जनताको हितमा काम गरेको बताए । उनले स्थानीय, प्रदेश र संघीय निर्वाचनमा पार्टीलाई देशको पहिलो पार्टी बनाउन सबै लाग्न निर्देशन दिए ।

कार्यक्रममा नेपाली कांग्रेसका क्षत्रीय सदस्य मानबहादुर क्षेत्री, कुलप्रसाद पाध्याय, कर्मचारी युनियन संघका जिल्ला अध्यक्ष अर्जुन चापागाईं, प्रदेश ‘क’ का सहसचिव दया सुवेदी, जिल्ला कार्य समिति सदस्य मनमाया परियार, कुश्मा नगरपालिका नेपाली कांग्रेसमा नगर सहसचिव शम्भु जोशी, कुश्मा नगरपालिकाका नगर सदस्य तथा अभियानका प्रतिनिधि आशीष जोशी, कुश्मा नगरपालिका ४ नेपाली कांग्रेसका सभापति दिनेश श्रेष्ठ, नेपाली कांग्रेस वडा नम्बर ४ का उपसभापति राजन जोशी लगायतले बोलेका थिए ।

कुश्मा नगरपालिका १४ आर्थरका वडा सभापति रुद्रमोहन रिमालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वडा उभासभापति कृष्णबहादुर बानियाँले गरेका थिए । आर्थरका वडा सचिव धनबहाहुर बानियाँले सञ्चालन गरेको सभामा घर–घर जाऔँ, नेपाली कांग्रेस जिताऔँ अभियानलाई थप आकर्षक र जनतामैत्री बनाउँदै लैजाने बताए ।