पोखरा, १३ चैत ।
अन्नपूर्ण गाउँपालिका १०÷११ मा रहेको जनप्रेमी आधारभूत विद्यालयलाई ब्रेज मेश्रो घान्द्रुक समाज जापानले आर्थिक सहयोग गरेको छ ।
जिर्ण रहेको भवन, विद्यालयको व्यवस्थापन र संरक्षणको लागि ब्रेज मेश्रो घान्द्रुक समाज जापानले १ लाख ६६ हजार १ सय रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो ।
समाजका पूर्व अध्यक्ष बुद्धि गुरुङले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर विक, प्राध्यानाध्यापक बाबुराम सापकोटा र विद्यालय निर्माण समितिका संयोजक सोम गुरुङलाई संकलित रकम हस्तान्तरण गरेका थिए ।
विद्यालयमा हात ८० विद्यार्थी अध्ययनरत छन् भने १० जना शिक्षकले अध्यापन गराउँदै आएका छन् ।
घान्द्रुक समाज जापानका पूर्व अध्यक्ष बुद्धि गुरुङले आफ्नो गाउँको विद्यालयलाई सहयोग गर्न पाएको भन्दै खुशी व्यक्त गरे । उनले सो विद्यालयको संरक्षणका लागि मात्र नभई सिंगो गाउँ विकासको लागि सबै सहयोग जुटाउने बचन दिए ।