पर्वत, १३ चैत ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्रमोहन रिमालले पञ्चकोशी मावि आर्थरलाई मासिक १५ हजार रुपयाँ दिने घोषणा गरेका छन् । विद्यालयको पुस्तकालयमा कर्मचारीलाई मासिक १० हजार र विद्यार्थीका अतिरिक्त दैनिक कार्य संचालनलाई ५ हजार उपलब्ध गराउने भएका हुन् । पठ्न संस्कृतिको विकास गर्न पुस्तकालयमा कर्मचारीको व्यवस्थापन गर्दै ज्ञानका सामग्री विद्यालय परिसर भित्र उपलब्ध गराउने रिमालले बताए । उनले विद्यालयमा अतिरिक्त क्रियाकलाप संचालन गर्दै विद्यार्थीको क्षमता अभिबृद्धि गर्नसमेत मासिक रकम दिन बताएका छन् । वार्षिक परीक्षा ०७६ र ०७७ को पुरस्कार वितरण कार्यक्रममा बोल्दै आर्थरको पञ्चकोशी माविका सरोकारवाला समक्ष यस्तो निर्णय सार्वजनिक गरेका हुन् । पञ्चकोशी माविका भूपू विद्यार्थी एवं भूपू शिक्षक सुरेश गुरुङले विद्यालय व्यवस्थापन समितिका वर्तमान अध्यक्ष रुद्रमोहन रिमालले विद्यालयको शैक्षिक गुणस्तर विकासमा खेलेको भूमिका प्रसंशा योग्य रहेको बताए ।
अक्षयकोषका संरक्षक तथा पुरस्कारको प्रायोजक हेमन्त गुरुङसहित विद्यार्थी, शिक्षक र अभिभावको सहभागितमा कार्यक्रम सम्पन्न भएको थियो । रिमाल नेपाली कांग्रेस आर्थरका वडा सभापति पनि हुन् । उनले राजनीतिलाई सामाजिक कार्यमा आत्मासाथ गर्नुपर्छ भन्ने बिचारलाई आंगालेका छन ।