पोखरा, १२ चैत । नेकपा एमाले निकट शैक्षिक परामर्श व्यवसायीहरुको संगठन प्रगतिशील शैक्षिक परामर्श संघ (पिक्यान) गण्डकी प्रदेशको प्रथम सम्मेलन तथा अधिवेशन पोखरामा सम्पन्न भएको छ । अधिवेशनले प्रगतिशील शैक्षिक परामर्श संघका संस्थापक सदस्य भुवन क्षेत्रीको अध्यक्षतामा १३ सदस्यीय प्रदेश कमिटी सर्बसम्मत चयन गरेको छ ।
कमिटिको उपाध्यक्षमा देबराज शर्मा, सचिवमा विकास गौतम, उपसचिवमा सुनिल पराजुली र ओम प्रकाश गैह्रे, कोषाध्यक्ष गणेश कोइराला चयन भएका छन् । सदस्यमा राजु गोर्खाली, विश्वकल्याण अधिकारी, अनिल गौतम, लक्ष्मी अधिकारी, पवित्रा थापा मगर, सुरेन्द्र बराल र प्रकाश अधिकारीलाई चयन भए ।
अधिवेशनले प्रदेश कमिटीमा पदेन सदस्य रहने गरि जिल्ला संयोजकहरुको पनि टुङ्गो लगाएको छ । जस अनुसार तिलक लामिछाने कास्की संयोजक, नन्दु पाइजा पुन म्याग्दी संयोजक, बिश्व प्रकाश भुषाल तनहु संयोजक, मीलन पौडेल पर्बत संयोजक र नेत्र बिष्ट बागलुङ संयोजक चयन भए । गण्डकी प्रदेशबाट यस अगाडि नै केन्द्रीय सदस्यमामा सन्दिप अर्याल र युबराज पौडेलसंगै गण्डकी संयोजकमा भुवन क्षेत्री र सहसंयोजकमा अधिबक्ता देबराज शर्मा काठमाडौंमा सम्पन्न केन्द्रीय भेलाबाट चयन भएका थिए ।
नेकपा एमाले गण्डकी प्रदेशका उपसचिव रश्मि आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । करिब ५० भन्दा बढी शैक्षिक परामर्श ब्यबसायीहरुको उपस्थितिमा सम्पन्न सम्मेलनमा प्रमुख अतिथि रश्मि आचार्यले अबका दिनमा परामर्श ब्यबसायीहरु बिद्यार्थीलाई बाहिर अध्ययनको लागि पठाउने मात्र होइन बाहिरका बिद्यार्थीहरुलाई नेपाल भित्र्याई गण्डकी प्रदेशको राजधानी पोखरासंगै नेपाललाई शैक्षिक हबको रुपमा विकास गराउन अपिल गरे ।
नेपाली विद्यार्थीलाई विकसित देशहरूमा उच्च शिक्षा अध्ययनको लागि सहजीकरण गर्ने शैक्षिक परामर्श व्यवसाय सेवामुलक र स्वरोजगार सहितको व्यवसाय भएको हुँदा यसलाई राज्यले हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्नेमा नवनिर्वाचित अध्यक्ष क्षेत्रीले जोड दिए ।