पर्वत, १२ चैत ।
आगामी ०७९ वैशाख ३० गते तय भएको स्थानीय तह निर्वाचनमा कुश्मा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि शिवशर्मा अधिकारीले दाबी ंगरेका छन् । पत्रकारसँग कुरा गर्दै अधिकारीले पार्टी र पार्टीको संगठन निमार्णमा आफुले गरेको त्याग र योगदानले चुनाव जित्ने समेत दावी गरे । पार्टीले मुल्यांकन गर्ने समय आएको उल्लेख गर्दै कांग्रेस परिवर्तनको पक्षमा उभिन सक्नु पर्ने बताए । अधिकारीले भने, ‘तत्कालिन ससस्त्र द्वन्द्वकालिन समयमा दुःख पाएको स्मरण गर्दै कार्यकर्ताको चाहना र भावनाको संरक्षणमा मेरो दावी हो ।’ नेपाल निजामती कर्मचारी युनियन संघका निवर्तमान उपाध्यक्ष समेत रहेका शिव शर्माले पार्टीले जिम्मा दिएमा चुनावमा उम्मेदवारी बनेर जित्ने ठोकुवा गरे । देश बनाउने जिम्मा कर्मचारी, मजदुर तथा श्रमिकको भएको बताउने अधिकारी आफूसँग कुश्मा परिवर्तन गर्ने योजना र विगतको अनुभव भएको समेत बताउँदै आएका छन ।