पोखरा, १२ चैत ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बागलुङको ढोरपाटनदेखि साल्झन्डी जोड्ने सडकको अनुगमन गरेका छन् । अनुगमनका क्रममा मन्त्री पौडेलले समयमै सडकको काम सक्न ठेकेदार कम्पनीलाई निर्देशन समेत दिए । उनले भने, ‘सडकको काम कुनै हालतमा नरोकियोस्, प्रभावित स्थानीयलाई मुआब्जा दिएर सहमतिमै काम अघि बढानुहोला ।’
मन्त्री पौडेलले कुनै समस्या भए समाधान गर्न आफू तयार भएको भन्दै ढोरपाटन साल्झन्डी सडकको काम तीब्र रूपमा अघि बढाउन निर्देशन दिए । सडक निर्माणका लागि भौतिक पूर्वाधार मन्त्रालयले ४४ करोड रुकम विनियोजन गरी श्रेष्ठ गलवा क्यारवान कम्पनीले सडक चौडा बनाउने काम गरिरहेको छ ।