काठमाडौं, १० चैत् । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतबाट विद्युत खरिद गरेर लोडसेडिङ अन्त गरेको स्वीकारेका छन् । आज विद्युत प्राधिकरणमा पत्रकार सम्मेलन आयोजना गरी उनले अहिले पनि भारतबाट महङ्गो मूल्यमा विद्युत खरिद गरेर लोडसेडिङ हुन नदिएको खुलाए ।
‘लोडसेडिङ हुँदैन र हुन दिदैनौं,’ घिसिङले पत्रकार सम्मेलनमा भने,‘हामीले भारतबाट कोइलाबाट उत्पादिन बिजुली खरिद गरिरहेका छौं ।’ अबको दुई वर्ष सुख्खायाममा भारतबाट विद्युत खरिद गर्नुपर्ने र त्यसपछि नपर्ने बताए ।
केही दिन अघि केही उद्दोगमा लोडसेडिङ भएको स्वीकारे । तर, महङ्गो मूल्यमा भएपनि विद्युत खरिद गरेर भएपनि लोडसेडिङ्ग हुन नदिने बताए । प्रति युनिट ३८ रुपैयाँ सम्मको बिजुली खरिद भइरहेको सुनाए ।
भारतमा कोइलाको मूल्य महङ्गो हुँदा विद्युतको मूल्य पनि बढेको सुनाए । विद्युतको मूल्य महङ्गो हुँदा बढीमा बिड गर्दा पनि नपरेकोले विद्युत आपूर्तिमा समस्या भएको सुनाए । देशमा वर्षायाममा मात्र पूर्ण मात्रामा विजुली उत्पादन हुने गरेको सुनाए । सुख्खायामका ४ महिना नदीहरुमा जल प्रवाह घट्दा विद्युत उत्पादन ४० प्रतिशत मात्र उत्पादन हुने गरेको बताए ।