पोखरा, ३० फागुन ।
कृषि सामग्री कम्पनी लिमिटेड कर्मचारी संघमा तीर्थराज न्यौपाने अध्यक्षमा निर्वाचित भएका छन् । संघको पोखरामा सम्पन्न १२ औं महाधिवेशनबाट सर्वसम्मत अध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृत धनेश्वर आचार्यले जानकारी दिए ।
नेपाल सार्वजनिक सेवा कर्मचारी संघसँग आवद्ध संघको बरिष्ठ उपाध्यक्षमा पुरुषोत्तम कुमार सिंह, उपाध्यक्षमा पुष्पराज श्रेष्ठ, महिला उपाध्यक्षमा बबिता उपाध्याय, महासचिवमा पुर्णराज कार्की, सचिवमा आलोक कुमार, कोषाध्यक्षमा सीताराम तिमिल्सिना सर्वसम्मत चयन भएका छन ।
संघको सदस्यमा होमप्रसाद पराजुली, सुजाता शर्मा, विवल पोखरेल, विश्वेस्वर गिरी, शिवप्रसाद पाध्या र राजन बगाले निर्वाचित भएका छन । संघको सल्लाहकारमा बासुदेव शर्मा, रमेशकुमार पौडेल र इश्वरानन्द श्रेष्ठ छन । उद्घाटन सत्रमा कम्पनीका सञ्चालक समिति अध्यक्ष शशीधर तुलाधरले कम्पनीको हितमा आफूले काम गर्ने बताएका थिए ।
कर्मचारी संघका महासचिव वासुदेव शर्माले सञ्चालन गरेको सभामा ग्लोबल टेन्डर प्रक्रिया अपनाउनु पर्ने, कम्पनीमा करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीलाई अन्तिम एक पटककालागि प्रक्रिया पुरा गरी स्थायी बनाउनु पर्ने माग राखेका थिए ।