पोखरा, ३० फागुन ।
कृषि सामग्री कम्पनी लिमिटेड कर्मचारी संघको १२ औं महाधिवेशन पोखरामा सुरु भएको छ । कर्मचारी संघका कार्यवहाक अध्यक्ष तीर्थराज न्यौपानेको अध्यक्षतामा भएको उद्घाटन सत्रमा कम्पनीका सञ्चालक समिति अध्यक्ष शशीधर तुलाधरले कम्पनी हित गर्न आफूृले चाहेको बताउँदै उपभोक्ता मैत्री योजना ल्याउन अनुरोध गरे ।
कार्यक्रममा प्रबन्ध सञ्चालक राजेन्द्रबहादुर कार्कीले ६ महिना भित्र नतिजा आउनेगरी काम गर्ने बताए । कर्मचारी र कम्पनी हितमा सवै कर्मचारीको साथ आवश्यक रहेको बताए । कर्मचारी संघका महासचिव वासुदेव शर्माले सञ्चालन गरेको सभामा कम्पनीका वितरण व्यवस्था महाशाखाका प्रमुख पुण्यप्रसाद उपाध्यय, खरिद महाशाखा प्रमुख अशोक खड्का, विउविजन महाशाखा प्रमुख नवरत्न गौतम, योजना जनशक्ति महाशाखा प्रमुख विष्णुप्रसाद केसी, नेपाल ट्रेड युनियन कांग्रेस कास्कीका अध्यक्ष विजयराज भण्डारी, कर्मचारी संघका निवर्तमान अध्यक्ष सुशीलदत्त मिश्र, कृषि सामग्री कर्मचारी संगठनका प्रतिनिधि गणेश घिमिरे, कृषि सामग्री कम्पनी लिमिटेड गण्डकी प्रदेश प्रमुख ठाकुरप्रसाद बास्तोला, निर्वाचन अधिकृत धनेश्वर आचार्य लगायतले बोलेका थिए ।
कर्मचारी संघले रासायानिक मल खरिदकोलागि ग्लोबल टेन्डर वा जिटुजी प्रक्रिया अपनाउनु पर्ने, खरिद करको उचित व्यवस्थापन गरिनु पर्ने, कम्पनीमा करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीलाई अन्तिम एक पटककालागि प्रक्रिया पुरा गरी स्थायी बनाउनु पर्ने माग राखेको छ ।
संघको १२ औं महाधिवेशन कोषे ढुंगा हुने भन्दै चार्टर एकाउन्टेन र खरिद विज्ञको दरवन्दी कायम गरिनु पर्ने, कम्पनीमा अवकास हुने संख्या अधिक भएको अवस्थामा नयाँ कर्मचारीको व्यवस्थापन गरि दक्ष बनाउन पहल गरिनु पर्ने लगायत घोषणपत्र मार्फत व्यवस्थापनको ध्यानाकर्षण गराएको छ ।