पोखरा, २२ फागुन ।
नेपाल खानेपानी संस्थान सञ्चालक समितिका अध्यक्ष गुणाखर भुषालले जनतालाई स्वच्छ र सफा पानी वितरण गर्नु पर्ने बताएका छन । पोखरा शाखा भ्रमणमा रहेका अध्यक्ष भुषालले दातृ निकायबाट प्राप्त सहयोगलाई उचित ढंगबाट प्रयोग गर्दै नागरिकलाई आवश्यक स्वच्छ पिउने पानी वितरण गरिनु पर्नेमा जोड दिएका हुन् ।
अध्यक्ष भुषाललाई पोखरा शाखाका कार्यालय प्रमुख आशिष कार्कीको नेतृत्वमा स्वागत तथा सम्मान गरिएको थियो । सभामा कर्मचारी भेटघाट तथा जाईकाद्वारा निर्माण भइरहेको कामको अवलोकन गर्ने क्रममा अध्यक्ष भुषालले सेवा प्रति सन्तुष्टी भएको उल्लेख गरे । २ दिने अवलोकन भ्रमणमा आएका अध्यक्ष भुषालले सेवाग्राहीले क्वालिटीको पानी पिउन पाउनु पर्ने उल्लेख गरे । कर्मचारी लक्षित धारणा राख्दै स्थानीयबाट हुने सहयोग ठूलो हुने बताए । उनले कर्मचारीलाई पदीय दायित्व वहन गर्न आग्रह गर्दै केन्द्रीय कार्यालयमा हुन नसकेको उपस्थिति देखेर खुसी लागेको बताए ।
उपभोक्ताको सेवामा कर्मचारीले यसै गरी काम गर्न सके संस्थान बलियो हुने बताए । केन्द्रीय कार्यालय, बनेपा तथा मिनरल वाटरमा कर्मचारी संख्या धेरै भएको भन्दै उत्पादनमुखी, सेवामुखी तथा नाफामुखी कार्यालयमा कर्मचारीको उचित व्यवस्थापन हुनु पर्ने अध्यक्ष भुषालको धारणा थियो । न्युनतम, निःशुल्क र स्वच्छ पानी पोखरा शाखाले वितरण गर्ने छ भन्दै चुहावट तथा लिकेजमा ध्यान दिन कार्यालयलाई अनुरोध गरे ।
कार्यक्रममा संस्थान संस्थागत सेवा महाशाखा प्रमुृख त्रिदिपकुमार श्रेष्ठले उमेरहद सम्वन्धी लोकसेवासँग आफूले धेरै नै परामर्श गरेको बताए । श्रेष्ठले संस्थानको नयाँ विनियम मन्त्रालयबाट क्यबिनेट लैजाने तयारी भएको बताउँदै छिटै समस्याको समाधान हुनेमा विश्वस्त रहन कर्मचारीलाई आग्रह गरेका थिए । ३ तहसम्मको करार दरबन्दीमा कार्यरत कर्मचारीको समस्या कम हुने बताउँदै कानुन भन्दा माथि कोही जान नसक्ने बताए ।
स्वागत कार्यक्रममा नेपाल खानेपानी संस्थान कर्मचारी संघका महासचिव केदार धमलाले स्थायी र करार कर्मचारीको विभेद अन्त्य छिटो भन्दा छिटो हुुन पर्ने बताए । धमलाले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा लग्नै पर्नेमा जोड दिए । कार्यक्रममा अस्थायी, करार तथा ज्यालादारीको समस्या समधान गर्न अखिल नेपाल श्रमिक संघ, गण्डकी अध्यक्ष हरि पौडेलले ज्ञापनपत्र बुझाएका थिए ।