काठमाडौं, २१ फागुन । प्राइम टाइम्स टेलिभिजनले सुदूरपश्चिमको विकासमाचासो राख्दै धनगढीमा अन्तक्रिया गरेको छ । सुदूरपश्चिमका हरेक क्षेत्रमाप्रदेश सरकार, स्थानीयतह र त्यहाँका राजनीतिकदलहरुले निर्वाह गरेको भूमिकाबारे टेलिभिजनले चासो व्यक्त गरेको हो । समारोहलाई सम्बोधनगर्दै अध्यक्ष ऋषि धमलाले सुदूरपश्चिमकाविकास गतिविधि, स्थानीय र प्रदेश सरकार तथादलहरुको भूमिकामाथि टेलिभिजनले सधैं खबरदारी गर्ने जानकारी दिए ।
अध्यक्ष धमलाले विकासको प्रमुख समस्या भ्रष्टाचार भएकाले त्यसको समूलअन्त्यकालागि सबै एकबद्ध हुनुपर्ने धारणा राखे । समारोहलाई सम्बोधनगर्दै धनगढी उपमहानगरपालिकाका मेयर नृप वडले प्राइम टाइम्स टेलिभिजनले सुदूरपश्चिमप्रदेशमा राखेको चासोप्रति धन्यवाद दिए । उनले आफनो कार्यकालमा सुशासन, विकास, जनताकाअधिकार र जनपक्षीयकामभएको दावी गरे ।
समारोहलाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेश कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले प्रदेश सरकार भ्रष्टाचामा चुर्लुम्म डुबेको आरोप लगाए । नेता रावलले प्रतिपक्षीदलले जतिखबरदारी गरेपनि मुख्यमन्त्री त्रिलोचन भट्ट र उनको सरकार कानमा तेल हालेर बसेको आरोप लगाए । समारोहलाई भौतिक योजनामन्त्री दीर्घराज सोडारीले पनि सम्बोधनगर्दै सरकारले सक्दो प्रयास गरिरहेको बताए ।
समारोहमा सहभागी बुद्धिजिवी एवम स्थानीयवासीले केन्द्र सरकारको हेपाहप्रवृतिकाकारण सुदूरपश्चिम अघि बढ्न नसकेको गुनासो गरेका थिए ।