पोखरा, २१ फागुन ।
नेपाल इन्जिनियरिङ एसोसिएसनको आगामी २७ गते हुने निर्वाचनमा लोकतान्त्रिक समूहको विजय हुने दावी गरिएको छ । सिडिइनको तर्फबाट केन्द्रीय अध्यक्षमा उम्मेदवारी दिएका हरि दर्लामीको समूहले जित हात पार्ने दावी गरिएको हो । एसोसिएसनको गण्डकी प्रदेश सभापतिका उम्मेदवार बृजेन्द्र केसीले इन्जिनियरहरुको संस्थामा लोकतान्त्रमा आस्था राख्ने समूहले जित हाँसिल गर्दा इन्जिनियरहरुको गरिमा बढ्ने बताए ।
देशभरका इन्जिनियरको भेलाले चुन्ने समितिमा लोकतान्त्रिक समूह बलियो मानिन्छ । विगतमा प्रगतिशील समूहले जित हाँसिल गर्दा इन्जिनियरहरुको पेशागत हितसमेत गर्न नसकेको आरोप छ । एउटा इन्जिनियर सुरुङमा काम गर्दा गर्दै दुखद घटनामा विज्ञप्तिसमेत निकाल्न नसकेको अवस्थामा हित गर्न झन कठिन हुने बलियो आधार बनाएर आफ्नो समूह क्रियाशील भएको गण्डकी च्याप्टरका उम्मेदवार केसीको भनाई छ ।
उम्मेदवार परिचय सभामा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले २८ गते आफू विजय र्‍यालीमा आउन आतु्र भएको धारणा राखेका थिए । मुख्यमन्त्री पोखरेलले इन्जिनियरको पेशागत हित, स्टाफ कलेज स्थापना, गाउँपालिका तथा नगरपालिकामा भएको विभेदलाई न्युनिकरणमा कांग्रेस पार्टी स्पस्ट भएको बताए । लोकतान्त्रिक समूहले एउटै प्रकृति, सेवा र पदमा भएको असमानतालाई समान बनाउने घोषणा समेत गरेको छ ।